अत्याधिक गर्मी बढेपछि कानेपोखरीका निजी विद्यालय दुई दिन बन्द हुने

जेठ १८, कानेपोखरी । अत्याधिक गर्मी बढेपछि मोरङ कानेपोखरी गाउँपालिकाका निजी विद्यालय दुई दिन बन्द हुने भएका छन् । दिनदिनै अत्याधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) मा आबद्ध कानेपोखरी गाउँपालिका क्षेत्रको सम्पूर्ण विद्यालय यही जेठ १८ र १९ गतेसम्म बन्द हुनेछन् । प्याब्सन कानेपोखरीले बुधबार राती विज्ञप्ती जारी गरी सो जानकारी गराएका हुन् ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै प्याब्सन कानेपोखरीले बिहीबार र शुक्रबार विदा दिने निर्णय गरेको हो । प्याब्सन कानेपोखरीका अध्यक्ष मनकुमारी गुरुङ र सचिव विद्यानन्द चौधरीद्धारा हस्ताक्षरित विदाको सूचना जारी भएको छ ।

सम्बन्धित खवर