खोजमुलक पुस्तक प्रकाशनमा सक्रिय तिम्सिना, पछिल्लो पुस्तक ‘माईखोलादेखि पुनर्वाससम्म’

जेठ २७, पथरी । मोरङको पथरी शनिश्चरे १, निवासी पत्रकार दीपेन्द्रराज तिम्सिनाले भुटानी शरणार्थीको इतिहास समेटिएको खोजमुलक पुस्तक प्रकाशन गरी बजारमा ल्याएका छन् ।

नक्कली भुटानी शरणार्थीबारे राष्ट्रिय चर्चा चलिरहेका बेला तिनै विषयलाई पनि विषय बस्तुमा समेटिएको पुस्तक पत्रकार तिम्सिनाले बजारमा ल्याएका हुन् । तिम्सिना ११ बर्ष अघि देखी निरन्तर खोजमुलक लेखनमा सक्रिय रहदै आएका छन् । यो पुस्कत भने उनको १० औं पुस्तकको रुपमा प्रकाशन गरेका हुन् ।

पुस्तकमा भुटानी शरणार्थीहरू पहिलो पटक आउँदादेखि तेस्रो मुलुकमा पुनर्वास हुँदासम्मको विषय समेटिएको छ । पुस्तकमा नेपाली भाषी भुटानी कसरी भुटानबाट लखेटिए ? नेपाल आएर माइखोलाको बजारमा उनीहरूको कष्टपूर्ण बसाई र भोगाई, स्वदेश फिर्तीका लागि उनीहरूले गरेको आन्दोलन जस्ता कुराहरु समेटिएको छ । तिम्सिनाले इतिहास, भाषा तथा साहित्य, संगीत र खेलकुद, पुनर्वास, विश्व शरणार्थी र लेख रचना गरी ६ खण्डमा विभाजन गरेका छन् ।

यो पुस्तक प्रकाशनमा सहयोग पुर्नवास अमेरीका गएका केदार उप्रेती र कर्ण गुरुङले सहयोग गरेका छन् ।

तिम्सिनाले टेलिफोन डायरी २०६८, मोरङको सामुदायिक वन एक चिनारी २०६९, मोरङको क्षेत्र नं २ एक चिनारी २०७० मा लगतार प्रकाशन गरेका थिए । त्यसपछि ७ बर्ष पछि २०७७ सालमा पथरी शनिश्चरे नगरपालिका एक चिनारी र जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म प्रथम संस्करण प्रकाशन गरेका थिए । त्यसपछि २०७८ जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म दोस्रो संस्मरण, धिमाल जातिको इतिहास विगतदेखि वर्तमान सम्म र इतिहासमा पथरी शनिश्चरे पुस्तक प्रकाशन गरेका थिए । त्यसैगरी २०७९ मोरङका जनप्रतिनिधि संङगालो प्रकाशन गरेका छन् ।

उहाँका प्रकाशित पुस्तकहरु :
१. टेलिफोन डायरी २०६८
२. मोरङको सामुदायिक वन एक चिनारी २०६९
३. मोरङको क्षेत्र नं २ एक चिनारी २०७०
४. पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७
५. जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म प्रथम संस्करण २०७७
६. जेसीज दस्तावेज विगतदेखि वर्तमान सम्म दोस्रो संस्मरण २०७८
७. धिमाल जातिको इतिहास विगतदेखि वर्तमान सम्म २०७८
८. इतिहासमा पथरी शनिश्चरे २०७८
९. मोरङका जनप्रतिनिधि संङगालो २०७९
१०. माईखोलादेखि पुनर्वाससम्म २०८०

 

सम्बन्धित खवर