उद्यमी महिला समूहको अनुगमन, आत्मनिर्भर बन्दै महिलाहरु

राजकुमारी तामाङ
असार २, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका महिलाहरु पशुपालन तरकारी बालीबाट उद्यमी बन्दै गइरहेका छ्न । कानेपोखरी गाउपालिका र हेफर प्रोजेक्टको आर्थिक सहयोगमा कार्यक्रम हुन थालेपछी उनिहरु आत्मनिर्भर हुन थालेका हुन ।

अभियान नेपालले उन्नत जातका बाख्रा पशुपालन, उचित हेरचार, पोषण युक्त खानाको व्यवस्था गर्दै आएका छन् । बैज्ञानिक ढंगले गरे पशुपालन होस या बाख्रा पालन सबैमा लाभ हुनेमा पनि उनिहरु बिश्वस्त छन । कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना र समन्वय समितिको स्थलगत अनुगमन गरिएको थियो ।

अनुगमन गरिएका समूहमा ढिकुवा उधमी महिला समूहमा २३ जना सदस्य रहि मासिक बचत १०० का दरले हाल ३९ हजार १ सय बचत गरेका छन् । अन्य आम्दानी १० हजार ५ सय ३५ रुपैयाँ कुल समूह बचत ४९ हजार ६ सय ३५ रुपैया रहि बाख्रा पाठा खसी माउ गरि १३९ वटा रहेको तथ्यांकमा देखिएको छ ।

यस्तै मिलिजुली उधमी महिला समूहमा २५ जना सदस्य रहेको बचत ४५ हजार ९ सय अन्य आम्दानी १२ हजार १ सय ५० र कुल समूह बचत ५८ हजार ५० रहेको र बाख्रा ३ सय २१ वटा रहेका छ्न । घले टोल महिला उधमी समूहमा ३२ जनाले बचत ९ हजर ३ सय र अन्य आम्दानी २ हजार ८० कुल समूहको बचत ११ हजार ३ सय ८० र बाख्रा ११ वटा रहेको छ । हरियाली महिला उधमी समुहले २२ हजार बचत गरेको बताएका छ्न

। उधमी महिलाहरुले आधारशिला, पशु ब्यवस्थापन, सहकारी शिक्षा तालिम, पशु स्वास्थ शिबिर संचालन गरि अझ तालिमबाट धेरै सिक्न पाएकोमा खुसी ब्यक्त गरेका छ्न । उधमी महिलाहरुलाई घाँसको बीउ विभिन्न जात जस्तै किम्बु, मेन्दौला, भटमास, इन्दु, नेपियर, सेटेरिया, सियोफोर, सुम्बा पनि दिने गरेको छ ।

अनुगमनमा पालिका अध्यक्ष राजमती इङ्नाम, कृषि शाखा, पशु शाखाका प्रमुख लगाएतले अनुगमन् गरेका थिए । अनुगमनका क्रममा पालिका अध्यक्ष राजमती इङ्नामले महिलाहरु आफै उधमी र आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै महिलाहरु आर्थिक रुपमा सबल र सक्षम भए समग्र गाउँघर परिवारको बिकास हुने बताइन् ।

सम्बन्धित खवर