असार ११, कानेपाखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित गर्दै ५५ करोड बढीको बजेट ल्याएका छन् ।
आइतबार गाउँपालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष भोला प्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/२०८१ को लागि ५५ करोड ९० लाख ४७ हजार ९ सय रुपैयाको बार्षिक बजेट प्रस्तुत गरेको हो ।
ससर्त, समपुरक र विषेश अनुदान २८ करोड ५२ लाख २५हजार र सामानिकरण, राजस्व, आन्तरीक श्रोत गरी २७ करोड ३८ लाख २२ हजार ९ सय रुपैया गरी ५५ करोड ९० लाख ४७ हजार ९ सय रुपैयाको बार्षिक बजेट ल्याएका हुन । अघिल्लो आर्थिक बर्षको भन्दा कम बजेट हो ।
गाउँसभामा आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष राजमती इङ्नामले प्रस्तुत गरेकी थिइन् । १०५ बुुँदाको नीति तथा कार्यक्रम पारित गरेको थियो । सभामा गाउँसभा सदस्यहरुले आफ्ना कुराहरु राखेका थिए ।
कृषि विकास, पशुपंक्षि विकास, सहकारी, उद्यम, सीप र रोजगार, शिक्षा, स्वास्थ्य, समावेशिता प्रवद्र्धन र सामाजिक सुरक्षा, खेलकुद, खानेपानी र सरसफाई, पूर्वधार विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्र र भूमि व्यवस्थापन जस्ता कार्यक्रमहरुको नीति तथा कार्यक्रमहरु प्रस्तु गरिएको थियो ।
गाउँपालिकाले यस बर्ष उत्पादनशील, दिगो, योजनावद्ध र पर्यावरणमैत्री पुर्वाधार विकास, सामाजिक न्याय, समावेशी तथा समतामुलक समाज निर्माणको लागी शिक्षा,स्वास्थ्यमा लगानी, स्थानीय उत्पादनको व्यवस्थापन तथा बजारिकरणमा अभिवृद्धि, स्थानीय अर्थतन्त्रको पुनरुत्थानका लागि पूर्वाधकारमा लगानी, उत्पादन, रोजगारी र विवरण र प्रविधिमैत्री सूचना तथा ज्ञानमा आधारित व्यवस्थापनमा जोड दिएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्षबाट स्थानीय स्तरमा क्रियाशील सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुको प्रवद्र्धन गर्ने किसिमको कार्यक्रम अन्तगरगत सूचना तथा सञ्चार कार्यविधि २०८० कार्यान्वयनमा ल्याउने भएका छन् ।
५ वर्ष भित्र ३० किलोमिटर डे«न सहितको सडकलाई स्तारोन्नती, निर्माणधिन गौरवका योजनाहरु तोकिएको समयमा सम्पन्न गर्ने, कानेपोखरी – रंगेली सडकको दुवै छेउमा फलफुलको विरुवा रोप्ने कार्य अभियानको रुपमा सञ्चालन गर्ने, वडा नं. १ र २ मा खानेपानीको ट्याङ्की व्यवस्थापन गरिने, अध्यक्षकप खेलकुद प्रतियोगित सञ्चालन गर्ने, प्रादेशिक, राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीलाई सम्मान गरिने, खुल्ला व्यायामशाला, कबडहल जस्ता खेलकुदक पूर्वाधारलाई क्रमश विकास गर्दै लगिने, वडा नं. ५ को जहदा खेल मैदानलाई गाउँपालिका स्तरीय रंगाशालामा स्तरोन्नती र वडा नं. ७ को जनकल्याणको खेल मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्दै जाने, कानेपोखरी अस्पतालबाट सञ्चालन हुने गरी एम्बुलेन्स खरिद गर्ने, ७५ प्रतिशत अनुदानमा पशु विमा सुरु गरिने भएको छ ।
आफ्नै बारी, अर्गनिक पोखरी कार्यक्रमलाई थप व्यवस्थीत गर्दै गाउँपालिकाको साँझेदारीमा बढीमा ५ कट्ठा जग्गा सम्म ७५ प्रतिशत अनुदान दिने लगाएतका थप कार्यक्रमहरु रहेका छन् ।