कानेपोखरी गाउँपालिकाको बजेट ५८ करोड ७६ लाख, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

असार २८, रमाइलो । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को लागि ५८ करोड ७६ लाख बढीको बजेट सार्वजनिक गरेका छन् ।

बुधबार गाउँपालिकाको सभाहलमा भएको गाउँपालिकाको १४ औँ गाउँसभाले सो बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा पालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/२०८१ को लागि ५८ करोड ७६ लाख ८३ हजार रुपैयाको बार्षिक बजेट प्रस्तुत गरेका थिए ।

ससर्त, समपुरक र विषेश अनुदान २८ करोड ५२ लाख २५ हजार र सामानिकरण, राजस्व, आन्तरीक श्रोत गरी ३० करोड २४ लाख ५८ हजार रुपैया सहित जम्मा ५८ करोड ७६ लाख ८३ हजार रुपैयाको अनुमानित बार्षिक बजेट ल्याएका हुन ।

संघिय राजस्व वाँडफाँड ९ करोड ६७ लाख ४६ हजार ९ सय, संघिय समानिकरण अनुदान १२ करोड ५९ लाख, प्रदेश समानिकरण अनुदान ८० लाख ३२ हजार, सवारी बाँडफाँड कर ५१ लाख ४४ हजार, जिल्ला समन्वय समिति मोरङ अनुदान ५० लाख रुपैयाको बजेट रहेको छ ।

त्यसैगरी आन्तरीक राजस्व तर्फ घरजग्ग रजिष्ट्रेसन २ करोड, चिसाङ खोला ढुङ्गा गिटी विक्रिमा १ करोड, वडागत राजस्व मौज्दात २ करोड ३० लाख, आन्तरिक राजस्व ८६ लाख ३५ हजार १ सय रुपैयाको बजेट प्रस्तुत गरिएको छ ।

त्यसैगरी संघिय सशर्त अनुदान २४ करोड १२ लाख, संघिय समपुरक अनुदान १ करोड, संघिय विषेष अनुदान २ करोड, प्रदेश सशर्त अनुदान ४० लाख २५ हजार, प्रदेश समपुरक अनुदान १ करोड रुपैया रहेको छ ।

गाउँपालकाद्धारा विनियोजित बजेटमा स्वास्थ्य क्षेत्र र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ । जस अन्तरगत आर्थिक विकास तर्फ १ करोड ७१ लाख ५० हजार रकम विनियोजन गरिएको छ । जस अन्तरगत कृषि विकासमा ७१ लाख ५० हजार र पशुपछि विकासमा १ करोड रुपैया विनियोजन भएको छ ।

त्यस्तै, सामाजिक विकास तर्फ ५ करोड ७० लाख विनियोजन गरिएको छ । जस अन्तरगत स्वस्थ्यम शाखामा १ करोड २१ लाख, कानेपोखरी अस्पताल २ करोड ७२ लाख, शिक्षा विकासमा १ करोड ८७ लाख, महिला बालबालिका जेष्ठनागकि र समाज कल्याण ४१ लाख, खेलकुद २० लाख र सांस्कृतिक प्रवद्धन ५० लाख रुपैया विनियोजन गरिएको छ ।

त्यस्तै, पूर्वाधार तर्फ ५ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ । वातावरण तथा विपत व्यवस्थापनमा १ करोड ८५ लाख, संस्थागत विकास तथा सेवा तर्फ १ करोड १८ लाख, भूमि व्यवस्थापन ९४ लाख, वडागत सिलिङ ४ करोड १४ लाख रुपैया विनियोजन भएको छ ।

त्यस्तै, गाउँपालिकाको चालु खर्च ६ करोड ६५ लाख ८१ हजार र वडा गत चालुखर्च २ करोड ५३ लाख २३ हजार रुपैया रहेको छ ।

 

सम्बन्धित खवर