कानेपोखरीमा आइतबारदेखि सवै वडामा दादुरा, रुवेला खोप संञ्चालन हुर्दै

साउन २७, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ६ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान आइतबारदेखि सवै वडामा सुरु हुने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङको पत्रअनुसार कानेपोखरी गाउँपालिका स्वास्थ्य शाखाले खोप संञ्चालन गर्न लागेको हो । पालिकाको सवै वडामा साउन २८ गतेदेखि ३२ गते सम्म खोप संञ्चालन गर्ने तयारी गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

वडा–वडामा वैठक र छलफल गरी खोप लगाउने केन्द्रको निर्णय गरी खोपकेन्द्रहरु वडा कार्यालयले सार्वजनिक गरिसकोको छ । वडाको सवै विद्यालयहरुमा खोपकेन्द्र राखिएको छ ।

वडा नं. ६ मा शुक्रबार वडा स्तरीय खोप समन्वय समिति तथा सरोकार वालासँग दादुरा र रुवेला खोप अभियान सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेका थिए । वडाका संघसंस्था, संस्थागत तथा सरकारी विद्यालयका दुई–दुई जना प्रतिनिधिहरु सहभागितामा कार्यक्रम गरिएको रेखा लुवागुनले बताइन् ।

सम्बन्धित खवर