फोनिजको स्थापना दिवसमा मोरङ फोनिजद्धारा स्वास्थ्य शिविर, ६० जनाले गरे स्वास्थ्य परीक्षण

साउन २८, विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

फोनिज जिल्ला मोरङको आयोजनामा विराटनगरस्थित संगम होटलमा भएको स्वास्थ्य शिविरमा ६० जना संञ्चारकर्मीहरुले स्वास्थ्य परीक्षण गरेका हुन् ।

संघीय फोनिजले २४ औं स्थापना दिवस विराटनगरमा कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरेको थियो । सो स्थापना दिवसमा १ नम्बर प्रदेश फोनिको व्यवस्थापन रहेको थियो ।

उक्त कार्यक्रममा सहभागि भएका अतिथि र उपस्थीत संचारकर्मीहरुको लागि फोनिज मोरङले स्वास्थ्य शिविर राखेको थियो । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा ब्लट पेसर र सुगरको जाँच गरिएको थियो । जनरल हस्पिटलबाट आएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए ।

सम्बन्धित खवर