हरियाली सामुदायिक वनको १८ औं वार्षिक साधरणसभा सम्पन्न

भदौ २५, पथरी । मोरङ पथरीशनिश्चरे—२ मा स्थापित हरियाली सामुदायिक वन उपभोक्ता समितिको १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न सभामा प्रस्तुत प्रतिवेदनले पारदर्शीताको नयाँ तरिका अपनाएको छ । बर्षमा जति काठ निस्कएको हो र कुन उपभोक्तालाई कति वितरण भयो बार्षिक प्रतिबेदनमै राखेर परदर्शी गर्न थालेको छ ।

हरियालीले उपभोक्ताहरु, बिभिन्न संघ, संस्था लगायतलाई आर्थिक वर्ष २०७९÷०८० मा १३० जनालाई ६ देखि १३४ क्युफिटसम्म सालको काठ वितरण गरिएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । समूहको शनिबार (२३ गते) १८ औं चुनावी साधारण सभा भएको थियो । साधारण सभामा समूहकी सचिव निर्मला चौहानद्वारा प्रस्तुत प्रगति प्रतिवेदनमा काठ लगायत वन पैदावार वितरणको विवरण पाउने व्यक्ति वा संस्थाहरुको नामसहित उल्लेख छ । हरियाली वनमा गत आर्थिक बर्षमा १ हजार १ सय ५० क्युफिट काठ निस्केकोमा ४ सय ७२ क्युफिट मौज्दात रहेको विवरणमा उल्लेख छ ।

गत बर्ष अर्थात संस्थाको १७ औं बार्षिक साधारण सभामा अतिथि (सञ्चार कर्मी)बाट आएको सुझाव अनुसार काठ वितरणको विवरण प्रतिवेदनमा राखिएको समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । यसरी काठ वितरणको विवरण उपभोक्ताको घरघरमा पुग्ने प्रतिवेदनमा राख्दा पारदर्शी हुने भएकोले राखिएको उपाध्यक्ष दिलबहादुर तामाङको भनाइ छ ।

वन समूहले जेष्ठ नागरीकलाई पनि सम्मान गरेको छ ।

सामुदायिक वनहरुले आर्थिक सहयोग क कस्लाई कति गरियो भन्ने विवरण प्रतिवेदनमा राख्ने गरेपनि काठको भने राख्ने गरेका छैनन् । हरियालीले भने काठ लगायत सम्पूर्ण वन पैदावर वितरणको विवरण प्रतिवेदन मार्फत सम्पूर्ण उपभोक्ताहरुलाई दिन नाथेका छन् । यसरी काठ वितरणको विवरण प्रतिबेदनमा राख्दा कस्ले कति पायो भन्ने कुरा सम्पूर्ण उपभोक्ताले थाहा पाउछन् । बर्षेनी एउटै उपभोक्ताको नाममा दोहोरिएर र समूहका नीति भन्दा बढी काठ जाने, एउटाको नाममा अर्कोले लगेर मिलमा बिक्री हुने जस्ता विकृति कम भएर जान्छ ।

हरियाली नेपाल सरकारको वन मन्त्रालय, वन विभागको मूल्याङ्कणमा वन ब्यवस्थापनमा नेपालकै प्रथम भएर पुरस्कार तथा सम्मान पाइसकेको समूह हो । पथरीशनिश्चरे नगरमा काठ वितरणको विवरण आम रुपमा सार्वजनिक गर्ने तरिका अन्य सामुदायिक वनले पनि अनुसरण गर्न आवश्यक छ । कार्यक्रममा अध्यक्ष विकास मगर, सचिव निर्माला चौहान र कोषाध्यक्ष दिलबहादुर तामाङको प्रतिवेदनहरु प्रस्तुत भएको थियो ।

कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, सब डिभिजन वन कार्यालय पथरीका प्रमुख दिवस चौधरी लगायतले शुभाकामना मन्तव्य दिएका थिए । कार्यक्रममा हरियाली सामुदायिक वन पब्लिक लिमिटेडका अध्यक्ष अशोक राई, शान्ति साबउसका अध्यक्ष कुलबहादुर गुरुङ, पशुपति सावउसका अध्यक्ष बालकुमार मगर, सुन्दर साबउसका अध्यक्ष मानबहादुर पाठक, फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार आतेजंङ राईले गीत प्रस्तुत गरेका थिए भने पाँच जना बृद्धबृद्धालाई नगदसहित सम्मान गरेका थिए ।

स्वीमिङ पुल लगायतको भौतिक संरचना निर्माणहुँदै

हरियाली समुदायिक वन भित्र करिव २० करोडको लागतमा पर्यपर्यटन क्षेत्रको रुपमा भौतिक संरचना निर्माण भइरहेको छ ।

 

समूहकै नेतृत्वमा रहेको हरियाली सामुदायिक वन लिमिटेडको शेयर वापत १ करोड ६२ लाख ५० हजार, संस्कृति पर्यटन मन्त्रालयबाट २ करोड ७० लाखको लागतमा पर्यटन क्षेत्र बिकास भइरहेको छ । स्वीमिङ पुल क्यान्टिन, शौचालय, पार्किङ, घेराबारा टिकट काउण्टर निर्माण सम्पन्न हुन लागेको छ भने नेपालको नक्साको आकारको बोटिङ पोखरी लगायत निर्माण भइरहेको छ ।

सम्बन्धित खवर