प्याब्सन कानेपोखरीले भदौ ३१ गते हाजिरीजवाफ प्रतियोगिता गर्ने

भदौ २७, कानेपोखरी । राष्ट्रिय बाल दिवस –२०८० को अवसरमा प्याब्सन कानेपोखरीले भदौ २८ गते गर्ने भनिएको हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमको मिति सारेको छ ।

संविधानसभा अध्यक्ष तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुबासचन्द्र नेम्बाङको असामयिक निधनले नेपाल सरकारले भदौ २८ गते शोक विदा दिएपछि कार्यक्रम सारेको हो । बुधबार रमाइलो बजारमा बसेको प्याब्सन कानेपोखरीको बैठकले कार्यक्रम सार्दै अर्को मिति तय गरेको छ ।

आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता भदौ ३१ गते आइतबार गर्ने निर्णय भएको प्याब्सन कानेपाखरी संयोजक मनकुमारी गुरुङले जनाइन् ।

वडा नं. ६ स्थित रमाइलो जनएकताको सभाहलमा हुने प्रतियोगितामा पहिलो पल्ट भएकोले प्याब्सन अन्तरगतका विद्यालयहरु मात्र सहभागि हुने संयोजक गुरुङले बताइन् ।

 

 

सम्बन्धित खवर