तीज विशेष नृत्य प्रतियोगितामा गौरीशंखर कृर्तन मण्डली प्रथम

गौरीशंखर कृर्तन मण्डली

असोज २, कानेपोखरी । हरितालिका तीज विशेष कार्यक्रममा नृत्य तर्फ गौरीशंखर कृर्तन मण्डली प्रथम भएका छन् ।

रमाइलो चोकमा कानेपोखरी गाउँपालिका ६ नं. वडाको आयोजनामा भएको तीज विशेष नृत्य प्रतियोगितामा गौरीशंखर प्रथम भएको हो । त्यसैगरी श्री सूर्य नारायण कृर्तन मण्डली दोस्रो र गंगा सागर कृर्तन मण्डली तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमश. ३ हजार, २ हजार र १ हजार पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै गायन तर्फ विष्णु सहर्ष कृर्तन मण्डली समूहबाट स्वस्तिका फुयल र निशा फुयल प्रथम भएका छन् । त्यसैगरी लक्ष्मिनारायण मन्दिर समूहबाट राधा पाठक र बालकुमारी बस्नेत दोस्रो भएका छन् । प्रथम र दोस्रो हुनेलाई क्रमश १५ सय र १ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ । निर्णायक मण्डलमा एविन्द्र पाठक, विष्णुप्रसाद पौडेल र रोषन वि.क रहेका थिए ।

श्री सूर्य नारायण कृर्तन मण्डली

त्यस्तै फर्म भिजाएर बोतलमा पानी भर्ने खेलमा वडा नं. छ की पुजा मगर प्रथम भएकी छन् । खेलमा ५ जनाले भाग लिएका थिए । मगरलाई पुरस्कार स्वरुप पानी तताउने मेसिन(इलेक्ट्रोनिक जग) प्रदान गरिएको थियो ।

विजेतालाई पुरस्कार गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारी र वडाध्यक्ष खड्ग बस्नेतले प्रदान गरेका थिए ।
कार्यक्रममा गायिका निर्मला वि.कले तीज गीत गाएर छमछमी नचाएका थिए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि गाउँपालिा उपाध्यक्ष भोला प्रसाद अधिकारी रहेका थिए । त्यस्तै अतिथिहरुमा गाउँकार्यपालिका सदस्य पद्यमा कुमारी गुरुङ, जन गायक विरध्वज शिवा, निर्मला वि.क लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु रहेका थिए ।

कार्यक्रम संचालन कार्यपालिका सदस्य सुशिला श्रेष्ठ रहेको थियो भने वडा अध्यक्ष खड्ग बस्नेतको सभापतित्वमा भएको थियो ।

गंगा सागर कृर्तन मण्डली

 

 

सम्बन्धित खवर