पथरीमा नगरअस्पतालको डाक्टर, नगरको कर्मचारी सहित ९ जनामा कोरोना संक्रमण

असोज १६ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा नगर अस्पतालको डाक्टर र नगरपालिकाको कर्मचारी सहित ९ जनामा कोरोना संक्रमण भएको छ ।

तीन दिन अघि स्वाब संकलन गरी पीसिआर परीक्षणको लागि पठाईएको रिपोर्ट शुक्रबार नगरमा आएको छ । ३६ जनाको पीसिआर परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । नगर अस्पतालमा विरामीलाई नियमित चेकजाँच गर्ने एकजना डाक्टर, एजना स्वास्थ्य प्रमुख, नगरपालिकाको एकजना कर्मचारी र अन्य ६ जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिका प्रवक्ता याम प्रसाद गुरागाईले जनाएको छ ।

नगर अस्पतालको डाक्टरको कन्टायाक ट्रेसिङमा परेकोलाई स्वाब संकलन गरी परीक्षणको लागि पठाउने र रिपोर्ट नआए सम्म नगर अस्पतालको सबै सेवा बन्द रहने नगर अस्पतालका संचालक समितिले निर्णय गरेको छ ।

सम्बन्धित खवर