पुस २२ गते, विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु)मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटि गठन गरेको छ । बुधवार विराटनगरमा आयोजित बृहद भेलाको आयोजना गरि आयोजक कमिटि गठन गरेको हो ।
पार्टी एकता पछि संयोजक र सह संयोजक तोकिएपनी पुर्णता नपाएको अखिल मोरङलाई पुर्णता दिईएको हो । अखिलको बिधानमा ६१ सदस्यीय जिल्ला कमिटि बनाउनु पर्ने प्रावधान भएपनी केही सिमित नेताहरूको कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गतिदिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए । उनका अनुशार एकता पुर्व रहेको अखिलको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गर्दै ९९ सदस्यीय आयोजक कमिटि निर्माण गरिएको हो ।
आयोजक कमिटीका सम्पूर्ण सदस्यलाई नेकपाका केन्द्रीय सदस्य तथा विद्यार्थी बिभाग प्रमुख बिनोद ढकालले सपथ ग्रहण गराएका थिए । भेलालाई सम्बोधन गर्दै उनले अखिलले सधै विद्यार्थी आन्दोलन र सामाजीक रुपान्तरणको लागि नेतृत्व गर्दै आएको भन्दै त्यसलाई कायम राख्न निर्देशन दिएका थिए । विद्यार्थी आन्दोलनले नेता जन्माउँछ, विद्यार्थी आन्दोलनको नेतृत्व सधै अनेरास्ववियुले गर्दै आएको छ, उनले भन्नुभयो त्यसैले यहि संगठनबाट निखारिनेहरूले नै समाजका सवै क्षेत्रमा अब्बल नेतृत्व गर्ने हो ।
नेकपा केन्द्रीय सदस्य ढकालले पछिल्लो राजनितिक घटनाक्रमलाई अध्ययन गरि सहि र गलत छुट्टाउनु पर्ने बताए । पार्टीभित्रको अंतर्विरोधको वास्तविकता के हो त्यो बुझ्न सुझाव दिदै भ्रमबाट समाजलाई मुक्त बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । केही नेताहरूमा निहित स्वार्थपूरा गर्न पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै के पी ओलीलाई हटाउने षड्यन्त्र बनाउन थालेपछि संसद विघटनको अवस्था आएको बताए ।
संसदीय दलको बैठक बसेर नेता परिवर्तन गर्ने बाटो हुँदाहुँदै षड्यन्त्रपूर्वक प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महा अभियोग लगाउने तानाबुना बुन्न थालेपछि मुलुकलाई दुर्घटनाबाट जोगाउन नयाँ जनमतमा जानुपर्ने अवस्था आएको उनले बताए । नयाँ जनदेशमा जाने विषय असंवैधानिक नहुने उनले तर्क गरे ।
केन्द्रिय सदस्य ढकालले अब मुलुक निर्वाचनमा गै सकेको भन्दै वर्तमान सरकारले गरेका अभूतपूर्व कामहरूलाई जनतालाई बुझाउनुपर्ने बताए । भौतिक पुर्वाधार, सामाजिक, स्वास्थ्य, राष्ट्रियहितका सवै आयाममा अहिले जति कहिले काम नभएको उनले बताए ।
अखिलका केन्द्रिय सचिवालय सदस्य गोकर्ण घिमिरेले सवै सदस्यले विद्यार्थीको हकहित सँगै समाजका लागि पनि जिम्मेवार हुनुपर्ने बताए । समाजमा फैलाईने अनेक प्रकारका भ्रमलाई तत्काल चिर्दै अघि बढ्न निर्देशन दिदै आगामी निर्वाचनमा नेकपा संस्थापन पक्षलाई बिजयी गराई प्रधानमन्त्री के पी ओलीको सम्वृद्द नेपाल सुखी नेपालीको राष्ट्रीय नारा सार्थक बनाउनु पर्ने बताए । कार्यक्रममा अखिल सचिवालय सदस्य अन्जु पाण्डे, नेकपा मोरङका नेता रुपेश खतिवडालगायतले बोलेका थिए ।