प्रचण्ड र माधव नेपालको सद्बुद्धिको लागि गौतमले गरे भैसी पुजा

पुस २७ गते, विराटचोक । गोविन्द गौतमको नेतृत्वमा स्वतन्त्र युवाहरुले प्रचण्ड र माधव नेपालको सद्बुद्धि आओस् भनेर मोरङको सुन्दरहरैचा–५ मा भैसीको पुजा गरेका छन् ।

गौतमले लक्ष्मी पुजा, सरस्वती पुजाको सट्टा भैसीको पुजाले मात्र प्रचण्ड र माधव नेपालको सद्बुद्धि आउँछ भन्ने विश्वासमा सोमबार पुजा गरेको वताए ।

आफू प्रधानमन्त्री हुदा प्रचण्डले लक्ष्मी पुजाको दिन भैसीको पुजा गरेका थिए । सोही कार्यलाई व्यङ्ग्य गर्दै युवाहरुले भैंसी पुजा गरेका हुन ।

उनले देशमा सुव्यवस्था कायम भई स्थिर सरकारलाई ढोका थुनेर काम गर्न नदिए पछि जहिल्यै विवाद गरेर घेराबन्दी गरेपछि ओलीले जनतामा जान चाहे पछि हामीले शुभकामना दिएका बताए ।

 

सम्बन्धित खवर