कानेपोखरीमा मदन भण्डारी स्पोर्टस एकेडेमीको कमिटि गठन

भदौ १९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा गाउँपालिका स्तरीय मदन भण्डारी स्पोर्टस एकेडेमीको समिति गठन भएको छ ।

शनिबार वडा नं. ६ को रमाइलो साकोसमा भएको भेलाले जीवन लिम्बुको अध्यक्षतामा ४३ सदस्य स्पोर्टस एकेडेमी समिति गठन भएको हो । समितिको उपाध्यक्षमा लोक बहादुर मगर, बालकुमार राई र प्रमोद ठाकुर, त्यसैगरी सचिवमा राजकुमारी तामाङ, सहसचिवमा केशव दाहाल र कोषध्यक्षमा उदिप लिम्बु सर्वसहमत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा लोचन मगर, पाण्डे किस्र्व, खगेन्द्र लुइटेल, दुरदर्शन धिमाल, गणेश गिरी, सुनिल कार्की, सुरज तामाङ, दुर्गा शाह, राहेश देउजा, कल्पना कार्की, नविन बोहोरा, भवानी थेगिम, सागर कोइराला, जीवन गुरुङ लगाएत ४३ जना चयन भएको हो ।

नव गठित पदाधिकारी र सदस्यहरुलाई एमाले पार्टी प्रदेश सदस्य डिपी राईले सपथ खुवाएको थियो ।

कार्यक्रममा पार्टी प्रदेश कमिटि सदस्य तथा मदन भण्डारी फाउण्डेसनको प्रदेश सदस्य डिपी राई, पार्टी जिल्ला सदस्य तथा स्पोर्टस एकेडेमीको केन्द्रिय सदस्य सन्तोष बान्तवाराई, नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, गाउँकमिटि पार्टी अध्यक्ष दानबहादुर बस्नेत, गाउँ कमिटि सचिव चरण गुरुङ उपस्थित रहेका थिए ।

त्यसैगरी वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, युवा संघ नेपाल केन्द्रिय सदस्य संजिव गिरी लगायतको उपस्थीती रहेको थियो । कार्यक्रम मदन भण्डारी स्पोर्टस् एकेडेमीका मोरङ जिल्ला अध्यक्ष भुपाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

सम्बन्धित खवर