भदौ २१ गते, पथरी । मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बुलाई भरुवा बन्दुक बनाई बेचबिखन गरेको आरोपमा पक्राउ गरेको छ ।
आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने लिम्बुलाई आइतबार इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेका थिए । उनका घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, हरिणको सिङ ५ थान, बन्दुकको नाल सफा गर्ने रड १ थान प्रहरीले बरामद गरेको थियो ।
त्यसैगरी फलामको काजो ३ थान लगाएत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको र पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन ।