भदौ २५ गते, पथरी । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको कार्यकारिणी र लेखा समितिको विभिन्न पदमा चार पार्टीको संयुक्त प्यानलले उमेद्वारीको नामवली सार्वजनिक गरेका छन् ।
व्यवसायी धनकुमार तामाङले नेतृत्व गरेको साझा प्यानलले पत्रकार सम्मेलन गरी उमेद्वारीको नामवली सार्वजनिक गरेको छ । साझा प्यालनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एस) र जनता समाजवादी पार्टीका संयुक्त संघको अध्यक्ष पदमा धनकुमार तामाङ छन् । धनकुमार तामाङ नेपाली कांग्रेस निकट व्यवसायी हुन ।
त्यसैगरी भदौ २८ गते हुने निर्वाचन तामाङ नेतृत्वको साझा प्यानलको वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु(नेकपा, एस), उपाध्यक्ष रविन राई(माओवादी केन्द्र), महासचिव राजेन्द्र बस्नेत(नेका), उद्योग सचिव प्रेमप्रसाद सुवेदी(नेका), वाणिज्य सचिव खेमनाथ ढुंगेल(माओवादी), कोषाध्यक्ष विजयजंग बस्नेत(नेका) रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा पृथ्वी आले मगर र बलिदान चेम्जोङ(नेकपा,एस), तुलसी लुनिया र इन्द्रबहादुर राई (माओवादी), महिला सदस्यहरुमा मुना पाण्डे(नेका) र जुनी थपलिया(नेकपा, एस) रहेका छन् । लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा(नेकपा, एस), सदस्यमा प्रदिप पराजुली(नेका) र सन्तविर विश्वकर्मा (गहतराज) (नेकपा, एस) रहेका छन् । जनता समाजवादी पार्टी सम्बद्ध ब्याबसायीहरुले धनकुमार तामाङ नेतृत्वको संयुक्त प्यानललाई सहयोग गर्ने सो पार्टीका केन्द्रीय सदस्य लोकसागर साम्बाले बताए ।