सुकुम्बासी समस्या समाधान एमालेको सरकारले मात्र गर्नसक्छ । –पूर्व मन्त्री ढकाल

असोज २३ गते, पथरी । मोरङको क्षेत्र नंं ३ को सांसद तथा पूर्व मन्त्रि भानुभक्त ढकालले सुकुम्बासी समस्या समाधान एमालेको सरकारले मात्र गर्ने बताएका छन् ।

शुक्रबार नेकपा एमाले कानेपोखरी वडा नं. ७ शाखा कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा यस्तो कुरा बताएका हुन । पूर्व मन्त्रि ढकालले देशी विदेशीहरु लागेर परमादेशबाट बनेको सरकारले सुकुम्बासी समस्याको समधान गर्न नसक्ने ठोक्कुवा दिएका थिए । एमालेको दुईतीहाई सरकारले सबै काम सकेर धनीपुर्जा वितरण गर्न लागेपछि काम गर्न नदिन एमालेकै केही नेताहरुलाई लोभलाच्चा देखाई सरकार गिराएका छन् , आगामी चुनावमा जनताले त्यसको हिसाबकिताब राम्ररी नै गर्ने ढकालले बताए ।

नेकपा एमालेले आगामी चुनावमा बहुमत ल्याएर एमालेको सरकार बनेपछि सुकुम्बासीहरुलाई धनीपुर्जा दिएरै छाड्ने बताए । सुकुम्बासी आयोग खारेर गरेर यो परमादेश सरकारले ठिक नगरेको बताउँदै फेरी आयोग गठन गरेर धनीपुर्जा दिन्छु भन्नु एकादेशको कथा भएको मन्त्री ढकालले बताए ।तीन महिनामा पनि सरकार गठन गर्न नसक्नेले केपी ओली नेतृत्वको सरकारले गरेको काम सहन नसकेर १४ सय सडक खारेज गरेर जनतालाई अन्यायमा पारेको बताए । उनले क्षेत्र नं ३ भित्र पर्ने बक्रा खोला, चिंसाङ खोला, डाँस खोला र लोहोन्द्रा खोलाको तटबन्धनको काम सुरु हुने बताउँदै खोलाको दिगो तटबन्धन हुने बताए ।

कार्यक्रममा गाउँ कमिटि सचिवलाय सदस्य तथा वडाध्यक्ष मोहन अधिकारीले कार्यक्रमको औचित्य प्रष्टाउँर्दै वडामा जनप्रतिनिधिहरुले गरेको विकासको बारेमा बोलेका थिए । कार्यक्रममा आयोजकले उपस्थित सवैलाई चिया र नास्ता खुवाएका थिए । उपस्थित अतिथिहरुले दशै,तिहार र छट पर्वको शुभकामना साटासाट गरेका थिए ।

कार्यक्रममा एमाले प्रदेश १ सदस्य तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, जिल्ला सचिवलाय सदस्य राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारी, गाउँ अध्यक्ष दान बहादुर बस्नेत, गाउँ कमिटि सहसंयोजक तथा २ न. वडाध्यक्ष सुशिल बुढाथोकी,सचिव चरण गुरुङ, पूर्व जिल्ला सदस्य हरी पौडेल, खेम पौडेल, कुमार फुयल, जीवन सुब्बा, अशोक फुयल लगाएत उपस्थित रहेका थिए । कार्यक्रम अध्यक्षता वडा नं. ७ पार्टी अध्यक्ष हरि न्यौपानेले गरेका थिए । कार्यक्रम संचालन होम न्यौपानेले गरेका थिए ।

 

सम्बन्धित खवर