कानेपोखरीमा अध्यक्ष कपको उपाधि वडा नं. ५ ले चुम्यो

असोज २६ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिका ६ नं. वडा अध्यक्ष कपको उपाधि वडा नम्बर ५ ले चुमेको छ । मंगलबार भएको फाइनल खेलमा आयोजक रमाइलो युवा परिवारलाई शुन्यको विरुद्ध ३ गोल गर्दै उपाधि चुमेको हो ।

खेलको मध्यान्तर अघि वडा नम्बर ५ बाट डेनी राई र मनिस राईले १–१ गोल गर्दै टिमलाई बलियो बनाएका थिए । मध्यान्तर अघि आयोजक शुन्य र ५ नम्बर वडा २ गोलको अन्तरमा मध्यान्तर भएको थियो ।

त्यसैगरी मध्यान्तर पछि वडा नम्बर ५ को तर्फबाट डेनी राईले १ गोल थप्दै खेल ०–३ बनाउँदै खेल समाप्त भएको थियो । खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का निखिल घिमाल घोषित भएका थिए ।

उपाधि चुमेसँगै विजेता वडा नं. ५ ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएका थिए । त्यसैगरी उपविजेता आयोजक टिमले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले पुरस्कार वितरण गरेका थिए ।

विजेतालाई पुरस्कार हस्तान्तरण गर्दै कार्यक्रमको प्रमुख अतिथि

वेष्ट गोलरक्षकमा वडा नं. ५ का रोहित धिमाल र बढी गोलकर्ता डेनी राई, अनुसाशित खेलाडीमा आयोजकको तर्फबाट दुर्गा अधिकारी, म्यान अफ द टुनामेन्टमा आयोजक गिरिजा लिम्बु घोषित भएका थिए । उनिहरुलाई वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नम्बर ७ का वडाध्यक्ष मोहन अधिकारी, कार्यक्रमका सभाध्यक्ष नविन पौडेलले पुरस्कार वितरण गरेका थिए ।

खेल अवधिभर खेलको म्यान अफ द म्याच खेमराज श्रेष्ठ, टिका अधिकारी, दिपक राई, केदार लुईटेल, सुनिल पराजुली, डिल्ली प्रसाद फुयल, दिपक फुयल, महेश आर्चाय र जीवन राई, टंक फुयल, खगेन्द्र नेपाल, गुणराज फुयल र नगेन्द्र रिजालले प्रायोजन गरेका थिए । कार्यक्रममा  अन्य अतिथिहरु नेकपा एमालेबाट भोला अधिकारी, नेपाली कांग्रेसबाट योगेन्द्र दाहाल, माओवादी केन्द्रबाट मनोज राजवंशी, समाजसेवीहरु दानबहादुर बस्नेत, राजेश कार्की, होम प्रसा न्यौपाने, भूमि दुलाल लगाएत रहेका थिए । कार्यक्रम सचिव एविन पाठकले संचालन गरेको थियो । 

उविजेतालाई पुरस्कार हस्तान्तरण गर्दै कार्यक्रमको प्रमुख अतिथि

सम्बन्धित खवर