जन्मदिनमा गरिव, दुःखीको घरमा सहयोग गर्दै रोजिता

कात्र्तिक १२ गते, कानेपोखरी । मोरङको कानेपोखरी –६, स्थित जनसेवा माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रोजिता तिम्सिना आफ्नो जन्मदिन गरिव, दुःखीको घरमा गएर मनाएकी छिन् ।

शुक्रबार वडा नं. २ की विर्खा मुडियारीको घर पुगि आफ्नो जन्मदिनमा मुडियाडी परिवारलाई लताकपडा, खाद्यान्न लगाएत सहयोग गरेकी छिन् । कक्षा १२ को बालि विज्ञान विषयमा अध्ययनरत रोजिता सानो उमेरदेखी नै समाजको सेवा गर्न रुचाउने उनका बुबा खगेन्द्र तिम्सिनाले बताए ।

उनले १ बोरा चामल, १ केजी दाल, १ लिटर तेल, १ थान तन्ना, १ थान सिरानी र १ थान ब्लाङ्केट प्रदान गरेको थियो । विर्खा मुडियारी एकल महिला हुन । उनीको तीन छोरी र २ छोरा रहेको छ । बाटोको छेउको थोरै जग्गामा सानो झुप्रो लगाएर बसेकी उनी सुकुम्बासी हुन । उनले अर्काको खेतमा काम नगरे घरमा चुलो बल्दैन । सहयोग लिर्दै विर्खा मुडियारीले भाग्यमानी हुनु नानी भन्दै जन्मदिनमा फेरी पनि आउन आग्रह गरेकीछिन ।

वडा नं. २ का वडाध्यक्ष सुशिल बुढाथोकीले जन्मदिन मनाउने वातावरण बनाईदिएका थिए । जन्मदिनमा बुबा खगेन्द्र तिम्सिना, दाजु रोषन तिम्सिना, स्थानीय युवा नेता नविन पौडेल, अशोक फुयल, पर्शुराम खतिवडा लगाएत उपस्थित भएका थिए ।

रोजिताले जनसेवा माध्यामिक विद्यालय कक्षा ३ मा अध्ययनरत मिना शेर्पालाई पनि सहयोग गरेकीछिन् । उनिले १ सेट स्कुल ड्रेस, जुत्ता, स्वयटर, १ थान स्कुल ब्याग, १ दर्जन कापी र १ दर्जन पेन्सिल दिएका थिए ।

सम्बन्धित खवर