पथरीशनिश्चरेमा पाँच सहयोगापेक्षीको उद्धार

पुस १२ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रबाट पाँच सहयोगापेक्षीको उद्धार गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको नेतृत्वमा नगरको सडक क्षेत्रमा रहेका एक महिला सहित पाँच सहयोगापेक्षीको उद्धार गरी मानवसेवा आश्रम विराटनगरमा पुनस्र्थापनाका लागि हस्तान्तरण गरिएको छ ।

वडा नं. १ बाट २ जना, वडा नं. ४ बाट १ जना, वडा नं. ६ बाट १ जना र वडा नं. ७ बाट १ जना गरी अभियानको पहिलो पल्ट जम्मा ५ जनाको उद्धार गरि पुनस्र्थापना गरिएको हो । नगरपालिकाले मानव सेवा आश्रम विराटनगरलाई सहयोगस्वरुप ३० हजार पनि प्रदान गरेको छ ।

नगरका निभिन्न वडाबाट उद्धार गरिएका उनीहरूको नगर प्रमुख दिलीपकुमार राइको समेत उपस्थितिमा एक कार्यक्रमका बीच पुनस्र्थापना गरिएको थियो । सामाजिक विकास मन्त्रालयको संयोजनमा जिल्ला भरिका सहयोगापेक्षीको उद्धार गरी पुनस्र्थापना कार्यक्रम संचालन गरिएको हो ।

मानवसेवा आश्रमले कोही पनि व्यक्ति सहयोगापेक्षी अवस्थामा बेसहारा भएर, असक्त, असहाय भएर सडकपेटी एवं सार्वजनिक स्थलमा रहन नपर्ने अवस्थाको निर्माण गर्नका लागि १ महिने मेची–महाकाली यात्राको सुरुवात गरेको छ ।

मेची–महाकाली यात्राको पहिलो दिन झापा जिल्लाको कन्काई नगरपालिका– ३, सुरुङ्गामा बाट सुरु गरेको थियो । सहयोगापेक्षी अवस्थामा रहेका झापा जिल्लाका विभिन्न उमेरसमुहका ७५ जना सडकमानवहरुसँग सहभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

 

सम्बन्धित खवर