राष्ट्रिय जनगणनाका बारेमा जनप्रतिनिधिसँग अन्तरक्रिया

असोज ५ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरु १२ औं राष्ट्रिय जनगणना २०७८ का बारेमा अन्तरक्रियात्मक छलफल गरिएको छ ।

सोमबार नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा नगरपालिकाले आयोजना गरेको छलफलमा भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरुद्वारा सञ्चालन भएको पहिलो चरणको पारिवारिक विवरण संकलन कार्यका बारेमा जानकारी गराइएको छ ।

नगरको स्थानीय जनगणना अधिकारी सविना राईले नगरका १० वटा वडामा राष्ट्रिय जनगणना कार्यालय मोरङले नियुक्त गरेका १८ जना सुपरिवेक्षकहरुबाट पारिवारिक विवरण संकलन कार्य भइरहेको बताए । असोज १८ सम्ममा सुपरिवेक्षकहरुबाट पारिवारिक विवरण संकलन गरिसकेपछि दोस्रो चरणमा खटिने गणकहरुले सम्पूर्ण विवरण लिएर गणनाको प्रक्रिया पुरा गर्ने जनाए ।

सम्बन्धित खवर