अविरल बर्षाको कारण बाढी र पहिरोमा परी ८ जनाको ज्यान गयो

कात्र्तिक २ गते,काठमाण्डौ । लगातारको वर्षापछि बाढी र पहिरोमा परी डोटीमा ८ जनाको ज्यान गएको छ । सायल गाउँपालिका वडा नम्बर–६ मा पहिरोले वीरबहादुर कुन्जेडाको घर भत्किँदा उनको छोराहरु १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको ज्यान गएको छ ।

यस्तै बाढी र पहिरोमा परेर शिखर नगरपालिका ११ की मन्दरा बलायर, जोरायल गाउँपालिका ३ का जोगी सार्की, त्यही गाउँपालिकाको वडा नम्बर ४ का शेरबहादुर विक, १८ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विकको ज्यान गएको छ ।

यस्तै सायल गाउँपालिका १ मा रहेको छत्रे खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया भने बेपत्ता भएका छन् । यसैगरी केआईसिंह गाउँपालिका ४ मा पहिरोको जोखिममा रहेका गाउँका एक सय ५० जना भन्दा धेरै विस्थापित भइ गाउँपालिकाको कार्यालय, स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल र स्थानीय मन्दिरमा पुगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी दिपायल सिलगढी नगरपालिका ८ पाङरिमा २० घर परिवार पहिरोको जोखिममा परि विस्थापित भइ स्थानीय दुर्गा आधारभूत विद्यालयमा पुगेका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिएका छन् । उज्यालोबाट

सम्बन्धित खवर