कात्र्तिक २५ गते, पथरी । प्रदेश १ का सामाजिक बिकास मन्त्री बिष्णुमाया तुङ्बाहाङ्फे (राई)ले पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएकी छन् ।
संघीय लिम्बूवान मञ्च मोरङ जिल्ला समितिले बिहिबार पथरीशनिश्चरे स्थित सिरिजंङ्गा धार्मिक वनको कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री तुङ्बाहाङ्फेले सो कुरा बताएका हुन् । तुङ्बाहाङ्फे संघीय लोकतान्त्रिक राष्ट्रि मञ्चको तर्फबाट मन्त्री बनेकी हुन् ।
पार्टी इतिहासमा पहिलो पटक सरकारमा गएकोले पार्टीले अब आफ्नो मुद्धाहरु सरकार, सदन र सडकबाट एकसाथ अगाडि बढाउने बताए । पार्टी संघीयता र गणतन्त्रको रक्षाको लागि सरकारमा गएको दावि गरिन । नेपाली जनताको संघर्षको कारण ७ प्रदेश आएको भन्दै भबिश्यमा ११ बनाउन सकिने मन्त्री तुङ्बाहाङ्फेको भनाइ थियो ।
नयाँ गठन भएको सरकारले प्रदेशको १३७ पालिकाहरुमा रहेका विपन्न परिवारका विद्यार्थीलाई छात्रावृति दिने, लोपोन्मुख भाषा संस्कृतिकको संरक्षण तथा अघिल्लो सरकारले मनोमनी ढंगले गरेको नियुक्ति खारेजी गर्ने निर्णय गरेको बताए । प्रदेशको नाम सहमतिमा ‘लिम्बूवान, किरात खम्बूवान’ उचित हुने बताउदै संसदमा गएपछि पार्टीले ल्याएको विचार कहिले नछाडेको बताए ।
संघको जिल्ला अध्यक्ष जीवन खेवाको सभापतित्वमा भएको कार्यक्रममा रामचन्द्र राणा मगर, ललितबहादुर लिम्बू, धनप्रासद लिम्बू लगायतले बधाई शुभकामना दिएका थिए ।