चैत १८ गते, कानेपोखरी । नेकपा एमालेको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाको पार्टी कार्यालय स्थापना भएको छ ।
आसन्न स्थानीय निर्वाचन केन्द्रित बनाएर वडा कमिटीले पार्टी बयरवन बजारमा कार्यालय स्थापना गरेको हो । कार्यालयको नेकपा एमाले केन्द्रिय अनुसाशन आयोगका सदस्य राजमती इङ्नाम, प्रदेश सदस्य तारा बहादुर काफ्लेले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
पार्टी कार्यालयमा दैनिक सेवाको लागि कार्यालय सचिवको रुपमा केशव खनाललाई जिम्मेवारी दिएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य भोला अधिकारी, दानबहादुर बस्नेत, नविन पौड्याल र गाउँपार्टी सचिव चरण गुरुङ, गाउँ कमिटी सचिवलाय सदस्य, वडा कमिटीका सदस्यहरु उपस्थित रहेका थिए ।
कार्यक्रम सचिव नगेन्द्र बस्नेतले संचालन गरेका थिए भने अध्यक्षता टेक बहादुर तामाङले गरेका थिए ।