साउन १७, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ६ महिना पछि पुर्णता पाएको छ । प्रदेश सरकारमा नागरिक उन्मुक्ती पार्टी पनि सहभागी भएको छ ।
सरकारलाई समर्थन जनाए पनि यस अघि भागबण्डा नमिल्दा नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी भएको थिएन ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् । भने कैलाश जोशीलाई सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
यसैगरी मुख्यमन्त्री शाहले नेपाली कांग्रेसका शविराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन । नव नियुक्त मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।