एमाले पथरी शनिश्चरे ८ को अध्यक्षमा पुष्प पौडेल सर्वसम्मत

असोज ५, कानेपोखरी । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पथरी शनिश्चरे ८ नं. वडा कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

बुधबार दोहोलु शुक्रबारेमा भएको अधिवेशनले वडा कमिटी अध्यक्षमा पुष्पबहादुर पौडेल सर्वसम्मत चयन भएको हो ।

त्यस्तै उपाध्यक्षमा फुलाराम चौधरी, सचिब ज्ञानबहादुर बि.क., उपसचिव रामबहादुर पौडेल, उपसचिव मुना गिरी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा यादबहादुर लिम्बू, सुनिल लिम्बू, कुमार लिम्बू(पारस), शन्तबहादुर तामाङ, शान्तकला राई, कानबहादुर मगर, अमृता घताने, बिक्रम बिश्वकर्मा लगाएत रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश सदस्य देवराज भण्डारी, अतिथिहरुमा जिल्ला सदस्य भगत थपलिया, जिल्ला सदस्य रमेशकुमार दाहाल, राष्ट्रिय युवा संघ प्रदेश सदस्य नविन कार्की लगाएत रहेका थिए ।

सम्बन्धित खवर