गरिव, विपन्न वर्गका परिवारमा सहयोगको लागि क्लबलाई रकम हस्तान्तरण

साउन २ गते, रमाइलो । मोरङको कानेपोखरी ६ का युवा व्यवसायी मनोज अधिकारीले आफ्नो जन्मदिनको अवसरमा क्लबलाई रकम हस्तान्तरण गरेका छन् ।

गाउँका गरिव, विपन्न वर्गका परिवारलाई सहयोग गर्दै आएको लायन्स क्लब अफ कानेपोखरीलाई ३ हजार रकम हस्तान्तरण गरेको हो । अघिल्लो बर्षहरुमा अधिकारीले बाढी पीडितहरुलाई राहत वितरण गरेर जन्मदिन मनाएका थिए ।

वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङको उपस्थितमा अधिकारीले लायन्स क्लब अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौड्याललाई रकम हस्तान्तरण गरेका थिए ।

क्लबका पूर्व कोषाध्यक्ष समेत रहेका अधिकारीले लायन्स क्लबमार्फत गरिव, विपन्न वर्गका परिवारलाई सहयोग होस भन्ने उदेश्यले क्लबलाई रकम दिएको अधिकारीले बताए । क्लबले सोही दिनदेखी लायन्सको लिडरहरुले क्लबमा दैनिक १० रुपैया जम्मा गर्ने अभियान सुरु गरेको प्रेसिडेन्ट पौड्यालले बताए ।

सम्बन्धित खवर