नवौं राष्ट्रिय खेलकुदमा कानेपोखरीबाट इन्दिरा थापा सहभागी हुर्दै

असोज १७ गते, कानेपोखरी । पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कानेपोखरी गाउँपालिकाबाट इन्दिरा थापा छनौट भएका छन् ।

कानेपोखरी ६ मा घर भएकी बर्ष १९ की इन्दिरा थापा आईटिएफ टेक्वाणडो डोजाङबाट छनौट भएको हो । उनी १ नम्बर प्रदेश स्तरीय छनौट खेलमा (४५–४९) तौल समूहमा राम्रो खेल प्रर्दशन गर्दै प्रथम अंक ल्याई राष्ट्रिय खेलमा छनौट भएकी हुन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिएका थिए । प्रदेशस्तरमा भदौ १६ देखि असोज १० गतेसम्म छनौट चरण थियो ।

भदौ ५ देखि १० गतेसम्म भएको जिल्लास्तरीय छनौट चरणको खेलहरूमा पनि खेल राम्रो प्रदर्शन गर्दै प्रथम अंक ल्याएका थिए । इन्दिरा थापाले बल्याक बेल्छ २ डान को बेल्ट प्राप्त गरिसकेका छन् । उनी अहिले कानेपोखरी गाउँपालिका क्षेत्रको विभिन्न स्थानमा प्रशिक्षक भएर खेल खेलाउँर्दै आएका छन् । उनीले छोटो समयमै यत्रो फड्को मार्नुमा आफ्नो गुरु युवराज भूजेलको ठुलो योगदान रहेको बताउँछिन् ।

उनीले यस अघि काठ्माडौंमा सम्पन्न भएको ४० केजी तौल समूहको राष्टपति रनिङ्शिल्ड खेलमा दुई पटक दोस्रो स्थानको पुरस्कार प्राप्त गरिसकेका छन् । त्यसैगरी काठ्माडौंमै सम्पन्न भएको कोरियन मस्ट गेममा दोस्रो स्थानको पुरस्कार पाएका थिए । ४०–४५ तौल समूह आईटिएफ प्रदेश स्तरीय खेलमा प्रथम स्थानको पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै उनीले ४०–४५ तौल समूहको डाँगीहाट आईटिएफ तेक्वाण्डो प्रतियोगितामा पनि प्रथम स्थानको पुरस्कार प्राप्त गरिकेका छन् । प्रदेश स्तरीय खेलमा तीन पटक वेस्ट प्लेयर प्राप्त गरेका छन् । यो क्षेत्रमा उनी निरन्तर १३ बर्ष अघिदेखी खेल खेल्दै आएका उनी सुनाउँछिन् ।

आइतबार फुलपातीको दिन कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङले दशै, तिहार र छट पर्वको उपलक्ष्यमा शुभकामना आदनप्रदानको कार्यक्रममा खेलाडी इन्दिरा थापालाई बधाई तथा जितको शुभकामना दिएका थिए । उनलाई कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्ना, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्याल, समाजसेवी एविन पाठक लगाएतले सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

तीन वर्ष अगाडि नेपालगञ्जमा सम्पन्न भएका ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ ले ९ स्वर्ण, २० रजत र ५९ कास्य पदक ल्याएर ७ औं स्थान हासिल गरेको थियो ।

२०७३ मा विराटनगरमा सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रदेश १ सातौं भयो । त्यसबेला प्रदेश १ ले ६ स्वर्ण, १६ रजत र ४७ कास्य पदक दिलाएका थिए । नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा पनि प्रदेश १ का ८८ खेलाडीले विभिन्न खेलमा स्वर्ण, रजत र कास्य पदक जितेका थिए ।

त्यसबेला प्रदेश १ बाट एकलतर्फ २० जना र टिम इभेण्टतर्फ ७८ जनाले तेह्रौ सागमा पदक जितेका थिए ।

 

सम्बन्धित खवर