बाल दिवसको अवसरमा पञ्चायतले गर्यो नृत्य र गायन प्रतियोगिता

भदौ २९, पथरी । पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माविले ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बृहत् रूपमा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको अध्यक्षतामा नृत्य तथा गायन प्रतियोगिता भएको हो । बिहानी सत्रको गायन प्रतियोगितातर्फ कक्षा १२ कानुन समूहकी एलिसा राई प्रथम, कक्षा ११ सिभिल इन्जिनियरिङका प्रजेश लिम्बू द्वितीय र कक्षा १२ विज्ञान समूहबाट कसिस राई तृतीय भए ।

यस्तै नृत्यतर्फ कक्षा १२ का सिभिल इन्जिनियरिङ, शिक्षा र व्यवस्थापन (नेपाली माध्यम) को समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भए । यसै गरी दिवा सत्रको गायनतर्फ कक्षा १० की कञ्चन माबो प्रथम, कक्षा ९ की आयुषा तामाङ द्वितीय र कक्षा १० की निकिता राई तृतीय भएका छन् ।

सामूहिक नृत्यतर्फ कक्षा ८ सि प्रथम, कक्षा १० ए द्धितीय र ९ ए समूह तृतीय भए भने कक्षा ५ बि सान्त्वना भएका छन् । सोही कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत र भर्खरै कक्षा १२ मा सफल हुने विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितात्मक कार्यक्रमको सञ्चालन शिक्षकद्वय दिनेशकुमार सुवेदी र भवानी तिम्सिनाले गरेका थिए ।

सम्बन्धित खवर