मंसिर २७ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा जारी प्रथम टेन्सवर्ग पथरीशनिश्चरे प्रिमियर लिग फुटबलको तेस्रोे दिनको खेलमा टेन नवोदय बिजयी हुर्दै ३ अंक जोडेका छन् ।
शनिबार भएको खेलमा देवीगञ्ज एफसी फुटबल क्लबलाई शून्यको विरुद्ध २ गोलको अन्तरले टेन नबोदय फुटबल क्बल विजयी भएको हो । खेलको १५ औँ मिनेटमा टेन नवोदयका सेनेहाङ लिम्बुले १ गोल र ८२ औँ मिनेटमा जर्सी नं. १० का धनश्याम चौहानले थप १ गोल गर्दै २–० ले देवीगञ्ज एफसीलाई स्तब्ध पार्दै ३ अंक जोडेको हो ।
खेलको म्यान अफद म्याच टेन नवोदयका खेलाडी सेनेहाङ लिम्बू घोषित भए । आइतबारको खेल वाइ.जी.एफ.टी र दि.रियल ब्रदर्श बिच हुने आयोजक कमिटिका सचिव मनी लुम्फुवाले बताए ।
यस खेलमा विजेता टिमले १ लाख ७५ हजार र उपविजेता टिमले ७५ हजार, ट्रफि, मेडल र प्रमाण पत्र पाउने आयोजक समितिका सचिव मनी लुम्फुवा लिम्बुले बताए । प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ ओटा क्लब सहभागी हुने आयोजक समितिका अध्यक्ष संजिव गिरीले बताए ।
खेलमा वेस्ट गोल रक्षक, वेस्ट डिफेन्स, वेस्ट मिड फिल्डर, वेस्ट फरवाड, वेस्ट प्लेयर, वेस्ट कोच र वेस्ट गोलकर्तालाई पनि ५ हजारको दरले पुरस्कृत गर्ने जनाएको छ । त्यसैगरी प्रत्येक खेलमा म्यान अफ द म्याच प्रदान गरिने भएको छ ।