कानेपोखीमा अध्यक्ष कप सुरु, उद्घाटन खेलमा आयोजक सेमीफाइनलमा प्रवेश

असोज २० गते, पथरी । दशै, तिहार र छट पर्वको अवसर पारेर रमाइलो युवा परिवारले मोरङको कानेपोखरी गाउँपालिका स्थित ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ ।

बुधबार भएको उद्घाटन खेलमा आयोजक टिम रमाइलो युवा परिवार विजयी भएका छन् । आयोजक रमाइलो युवा परिवारले वडा नं. २ लाई १–२ गोल गर्दै आयोजक सेमीफाइनलमा प्रवेश गरेको हो । आयोजकको तर्फबाट मध्यान्तर अघि चन्द्र लिम्बुले पहिलो गोल गरेका थिए । पहिलो गोल कर्ता लिम्बुले १ हजार पुरस्कार पाएका थिए । खेलको मध्यान्तर अघि नै वडा नं. २ को तर्फबाट नवराज मगरले एक गोल गर्दै खेललाई बराबर बनाएका थिए ।

त्यसैगरी खेलको मध्यान्तर पछि निर्धारित समयमा आयोजकको तर्फबाट देव तामाङले थप १ गोल गरेपछि खेल १ को विरुद्ध २ गोलको अन्तरले खेल समाप्त भएको थियो । खेलको म्यान अफ द म्याच देव देव तामाङल नै घोषित भए । खेलमा पहिलो गोलकर्तालाई टीका अधिकारी र म्यान अफ द म्याच खेम श्रेष्ठले पुरस्कार व्यवस्थापन गरेका थिए ।

विहिबार वडा नंं २ र ४ विच हुने खेल संयोजक अशोक फुयलले जनाए । खेलमा १ देखी ७ सम्मको वडा र आयोजक गरी जम्मा ८ टिम सहभागी भएका छन् । खेलमा पहिलो हुनेले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

६ नम्बर वडाध्यक्ष खडग वहादुर वस्नेतको प्रमुख आतिथ्यमा भएको उद्घाटन खेलमा विशिष्ट अतिथि पालिकाका प्रवक्त तथा २ नम्बर वडाध्यक्ष सुशिल बुढाथोकी, अतिथिहरु नेकपा गाउँ अध्यक्ष दानबहादुर बस्नेत, लायन्स अफ कानेपोखरीका प्रेसिडेन्ट उमेश पौड्याल, समाजसेवी सुरज घिसिङ र टंक फुयल लगाएत अतिथि रहेका थिए । कार्यक्रम रमाइलो युवा परिवारका अध्यक्ष नविन पौडेलको अध्यक्षतामा भएको थियो भने संचालन सचिव एविन पाठकले गरेका थिए ।

यसैविच वडा नं. ६ का हाम्रो ब्लक उद्योगका संचालक टंक फुयलले रमाइलो युवा परिवारलाई १६ थान फुटबल जर्सी हस्तान्तरण गरेको छ ।

सम्बन्धित खवर