धरानको फ्रेन्ड्स गार्डेन होटल पुनः संचालन

असोज ५ गते, इटहरी । कोरोना महामारीका कारण बन्द रहेको फ्रेन्ड्स गार्डेन होटल पुनः सन्चालनमा आएको छ । पहिलो चरणको लकडाउनले थलापरेको होटल खुले पनी फेरि दोश्रो चरणको कोरोनाका कारण बिगत ४÷५ महिनादेखी पुर्ण रुपमा बन्द रहेको होटल खुलेको हो ।

होटल संचालकले शनिवार एक कार्यक्रम गरि फ्रेन्ड्स गार्डेनलाई पुनः संचालनमा ल्याएका हुन । धरानमा भैरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सन्चालनमा ल्याइएको छ । कार्यक्रममा सन्चारकर्मी, इभेन्ट अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्य पनि उपस्थित रहेका थिए । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठसंगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शाक्यले फ्रेन्ड्स गार्डेनमा आफ्नो पुरानो सम्बन्ध र नबिर्सने सम्झना रहेको भन्दै होटल सन्चालनमा आएकोमा शुभकामना दिएका थिए । त्यस्तै उनले मिस लुमियर नेपाल २०२१ टिमलाई पनि सफलताको शुभकामना दिएका थिए ।

पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आईटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा सागीतिक कार्यक्रमहरु पनि हुने र विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने होटकल संचालक लिम्बुले बताइन् ।

सम्बन्धित खवर