पथरी बजार सरसफाई

१८ कात्र्तिक, पथरी । पथरी शनिश्चरे – १ स्थित पथरी बजारमा ‘हाम्रो पथरी, स्वच्छ सुन्दर पथरी’ भन्ने मूल नाराका साथ आज पथरी बजारमा सरसफाई गरिएको छ ।

पथरी बजारको पूर्वपश्चिम राजमार्ग उत्तरदक्षिण सरसफाई गरिएको थियो । वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन समिति पथरीशनिश्चरे–१ को आयोजनामा भएको सरसफाई अभियानमा वडा नं. १ का अध्यक्ष भीम राईको अगुवाई रहेको थियो ।

बिहान ७ बजे गोर्खा डिपार्टमेन्टबाट सुरु भएको अभियान पूर्व बस स्टेण्ड हुँदै पश्चित बस स्टेन्डमा गएर समापन गरिएको थियो । अभियानका क्रममा फोहोर मैला साथै अनावश्यक तारहरु काटेर हटाइएको थियो ।

अभियानमा नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, कर्मचारी सुरेन्द्र राई, युवा व्यवसायी तथा समाजसेवी प्रदिपकुमार राई, वडा सदस्यहरु, नेपाल प्रहरी र ट्राफिकको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर