मङ्लबार, साउन ५, २०८३

सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर हटायो

५ साउन, काठ्माडौं । सरकारले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाएको छ । चौतर्फी विरोधपछि सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफलपछि कर फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

सो करप्रति नागरिक असन्तुष्ट देखिएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्् । उनले फेसबुकमा निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता कर अहिले भनेबमोजिम नै कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो, यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको भन्ने लेखेका छन् ।

सरकारले साउन १ गतेदेखि शिक्षा र स्वास्थ्यमा समता कर लगाएको थियो । नागरिकलाई करको बोझ थुपारेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछाडि हटेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.