
३ साउन, विजयपुर । लिम्बुवानको ऐतिहासिक राजधानीका रूपमा चिनिने धरान स्थित विजयपुर दरबार परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा शनिबार हजारौं नागरिकको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था, थरगत संगठन, थुमगत संस्था, राजनीतिक दल, स्वतन्त्र नागरिक, बुद्धिजीवी तथा विजयपुर क्षेत्रका स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समितिका अनुसार कार्यक्रममार्फत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सरसफाई र यसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । याक्थुङ समुदायले ऐतिहासिक विजयपुर दरबार लिम्बुवानको राजधानी भएको हुँदा ऐतिहासिक र पुरातात्विक भएको हुँदा राज्यले यसलाई संरक्षण गर्नुपर्नेमा संरक्षण समितिले जनाएको छ ।
विजयपुर दरबार परिसरको मूल क्षेत्रमा सांस्कृतिक अतिक्रमण तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोजक संरक्षण समितिले सम्मानित सर्वोच्च अदालतको निर्णयहरुको अक्षरस पालना गर्न समेत सम्बन्धित पक्षलाई अनुरोध गरेको छ । त्यसैगरी परिसरमा निर्माण भएको सांस्कृतिक संरचना नहटेसम्म परिसरकै क्षेत्रमा पर्ने सुलिकोट मुनिको चिल्लो डाँडा-चिण्डे डाँडामा बन्न लागेको सुम्निामा पारुहाङ परियोजनालाई स्थगन गर्नसमेत आग्रह गरेको छ ।
समितिले विजयपुर दरबार परिसरको संरक्षणका लागि सञ्चालन भइरहेको अभियान निरन्तर जारी रहने जनाएको छ । ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि सबै पक्षको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको समितिले जनाएको छ ।





