मङ्लबार, साउन ५, २०८३

कक्षा ११ का विद्यार्थीलाई एभरेष्टले गर्र्यो स्वागत

५ साउन, विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई आज स्वागत गरिएको छ ।
विराटनगरको गोग्राहा चोक स्थित कन्चनजङ्घा बैंक्वेटमा आयोजित स्वागत समारोहमा कक्षा १२ का विद्यार्थीले विभिन्न कार्यक्रम गर्दै नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. बिजुकुमार थपलीयाले विद्यार्थीहरुको आफ्नै मेहनतले सफलता प्राप्ति हुने बताए । विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण बनाउने सम्म हो भन्दै उनले त्यहाँबाट कति ज्ञान लिने भन्ने विद्यार्थीमा भर पर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गिण विकासका लागि प्रशासनिक वा व्यवस्थापकीय दृष्टिकोणबाट कुनै कमि हुन नदिने भन्दै हाम्रा विद्यार्थी पनि सोहि अनुसार अब्बल होउन भन्ने आशा रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत गाएर , नृत्य प्रस्तुत गरेर र वाद्यवादन बजाएर मनोरञ्जन समेत गरेका छन् । कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइराला, विद्यालयका विभागीय प्रमुखहरु, शिक्षक कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।

यसैबिच विद्यालयमा एक दशक भन्दा बढी समय प्रशासनका क्षेत्रमा काम गरेका कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान समेत गरिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.