
३ साउन, उर्लाबारी । मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघको आयोजनामा कलर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार उलाबारी–३ स्थित सरस्वती आधारभूतको प्राङ्गणमा भएको कलर बेल्ट ग्रेडिङ कार्यक्रममा विभिन्न कलर बेल्टका ७० जना खेलाडीको बेल्ट ग्रेडिङ गरिएको हो । कार्यक्रममा ४० जना वाईट बेल्टबाट एल्लो बेल्ट, २४ जना एल्लोबाट स्टेप ग्रिन बेल्ट, ४ जना ग्रिन बेल्टबाट स्टेप ब्लु बेल्ट र २ जना रेडबाट स्टेप ब्लाक बेल्टमा ग्रेडिङ भएको हो ।
बेल्ट ग्रेडिङ कार्यक्रममा प्रमुख प्रशिक्षक तथा कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष युवराज भुजेलको निरिक्षणमा ३ डान आशिष भुजेल, टु डानहरु बिशिका धिमाल, पुर्णिमा अधिकारी र विन्तीका लिम्बुले सहजिकरण गरेका थिए ।
बेल्ट ग्रेडिङ सम्पन्न पछि विभिन्न बेल्टका प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघका सचिव दिनेश सुब्बा र सदस्य मनु लिम्बु , मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघका सल्लाहकार सनम रोक्का, मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिद्यानन्द चौधरी, सचिव पुर्णिमा अधिकारी, कोषाध्यक्ष आशिष भुजेल, सदस्यहरु सजना श्रेष्ठ, विनिसा धिमाल, पुजन दंगाल, खेमराज पाण्डे, सूर्य चौधरी, रोयल राई, विन्तीका लिम्बु र आशिका शिवाकोटी लगाएत उपस्थित रहेका थिए ।
विद्यार्थीहरूको सीप, अनुशासन र तेक्वान्दोप्रतिको दक्षताको मूल्याङ्कन गर्ने उद्देश्यले आयोजना गरिएको हो । कलर बेल्ट परीक्षण तेक्वान्दो खेलाडीहरूको प्राविधिक क्षमता र स्तर उन्नतिको महत्वपूर्ण प्रक्रिया मानिन्छ । कार्यक्रममा अभिभावक, खेलप्रेमी तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार कार्यक्रमले खेलाडीहरूमा आत्मविश्वास, अनुशासन, शारीरिक तन्दुरुस्ती तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न थप प्रेरणा मिल्ने आयोजकले जनाएको छ ।



