९ साउन, कानेपोखरी । रमाइलो प्रहरी चौकीले कानेपोखरी गाउँपालिका क्षेत्रबाट लागूऔषध कारोबारी र प्रयोगकर्ताहरुलाई पक्राउ जारी राखेको छ ।
पछिल्लो समय शुक्रबार राती ११ः३० बजे वडा नं.–५ स्थित मानेचौकबाट लागूऔषध(ब्राउन सुगर) सहित दुईजना युवा पक्राउ गरेका छन् ।
३ ग्राम ब्राउन सुगर सहित वर्ष २७ को पर्वत राई र वर्ष २५ को अमित धिमाललाई प्रहरीले छापामारी पक्राउ गरेको हो । रमाइलो प्रहरी चौकीका सई सदानन्द कुमार यादवको नेतृत्वको टोलीले सूचनाको आधारमा ब्राउन सुगर सेवन गदै गरेको अवस्थामा घरबाटै पक्राउ गरेको थियो ।
उनीहरुलाई थप अनुसन्धानको लागि राती नै इलाका प्रहरी कार्यालय पथरीलाई बुझाइएको सई यादवले बताए ।



