चैत १९ गते, पथरी । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगर कमिटीले मजदुर गरेर विहान बेलुकी छाक टार्ने व्यक्तिहरुको पहिचान गरी राहत वितरण गरेको छ ।
नगर कमिटीले वडा नं. –१० मा मजदुर गरेर विहान बेलुकी छाक टार्ने व्यक्तिहरुको पहिचान गरी राहत वितरण गरेको हो । संघले सोमबार वडाका मजदुरहरुको घरपरिवारलाई चामल, तेल र नुन बितरण गरेको थियो ।
चामल एक घरपरिवारलाई साढें १२ केजी, नुन १ र तेल १ पोका जम्मा ७० घरपरिवारलाई वितरण गरिएको नगर कमिटिका सहसंयोजक नविनजङ कार्कीले बताए । वितरण गर्नु अघि सेनिटाइजले हात धोइ दुरि कायम गरिएको थियो ।
संघले नगरपालिकाको एकद्धार प्रणालीबाट राहत वितरणमा सहयोग गर्ने
संंघले नगरपालिका भित्रको १० वटै वडामा रहेका बिपन्न तथा मजदुरहरुलाई राहत वितरण गर्ने कार्ययोजना बनाएको छ । सोमबार नगरकार्यपालिकाको बैठकले नगरभित्र एकद्वार प्रणाली अपनाउने निर्णय गरेपछी संघले नगरपालिकाकै एकद्धार प्रणालीबाट राहत प्याकेज वितरण गरिने संघका सहसंयोजक नविनजङ कार्कीले बताए ।
संघले संकलन गरेर खाखेको र अब आउँने सबै किसिमको खाद्यान्न सामाग्री संकलन गरेर राहत सामाग्री नगरपालिकासंग समवन्य गरेर एकद्वार प्रणालीबाट बिपन्न तथा मजदुरको घर सम्म पुर्र्याउन सहयोग गरिने सहसंयोजक कार्कीले बताए ।