मङ्लबार, साउन १२, २०८३

कांग्रेस पार्टी परित्याग गर्दै एकै वडामा ५० जना नेकपा एमालेमा प्रवेश

भदौ १९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको एकै वडाका नेपाली कांग्रेस पार्टी परित्याग गर्दै ५० जना नेकपा एमालेमा प्रवेश गरेको छ ।

शुक्रबार ५ नं. वडा कमिटिले आयोजना गरेको वडा भेलामा कांग्रेस पार्टी र अन्य पार्टीमा असन्तुष्टी जनाउँदै सो बराबर प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्रि भानुभक्त ढकालले अवीर लगाएर स्वागत गरेका थिए । एमालेमा निखिल धिमाल, प्रसान्त गुरुङ, अनिस राई, सुरेश लिम्बु, प्रविन श्रेष्ठ, राजकुमार तामाङ लगाएत ५० जना प्रवेश गरेका थिए ।

नेकपा एमाले जिल्ला पार्टी सल्लाहकार संयोजक ताराबहादुर काफ्ले, जिल्ला सचिवलाय सदस्य राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारी, गाउँ कमिटि अध्यक्ष दानबहादुर बस्नेत, गाउँ पार्टी सचिव चरण गुरुङ, राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष नविन पौडेल लगाएतले शुभकामन मन्तव्य राखेका थिए । वडा नं. ५ का पार्टी अध्यक्ष युवाराज लुईटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.