बि एण्ड बि कन्ट्रक्सनद्वारा पत्रकारको लागि फुटबल र जर्सी प्रदान

असोज २७ गते, पथरी । मोरङको कानेपोखरी बि एण्ड सी कन्ट्रक्सन प्रालीले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्ट्रक्सन सञ्चालक तथा राजनीतिक सामाजिक ब्यक्तित्व भुपाल श्रेष्ठले खेल सामाग्री प्रदान गरेका हुन् । पत्रकारहरुसँग बेला बेलामा मैत्रिपूर्ण खेल तथा मिडिया कप प्रतियोगिताको लागि एउटा फुटबल र १५ सेट जर्सी १८ हजार बराबरको प्रदान गरेका हुन् ।

श्रेष्ठ कानेपोखरी बि एण्ड बि कन्ट्रक्सन प्रा.ली.सञ्चालकको साथै मदन भण्डारी स्पोष्ट एकाडेमी मोरङका अध्यक्ष तथा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवलाय सदस्य हुन् । खेल सामाग्री हस्तान्त्रण गर्दै श्रेष्ठले पत्रकारहरुले चाहेमा अझ खेल सामाग्री उपलब्ध गराउन र मिडिया कप फुटबल प्रतियोगिता गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

खेल सामाग्री पत्रकार नेपाल पत्रकार महासंघ पूर्ब केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, पूर्ब मोरङ जिल्ला सहसचिव सुन्तोष राई, दिनेश सुब्बा लगायतका पत्रकारहरुलाई हस्तान्त्रण गरेका हुन् ।

 

सम्बन्धित खवर