असोज ४ गते, पथरी । संविधान दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरवासीमा शुभकामना सन्देश प्रदान गरेको छ ।
प्रमुख दिलीपकुमार राईको अगुवाईमा नगर कार्यालय परिसरमा सरसफाइ गर्दै राष्ट्रिय झण्डा फेरेर शुभकामना प्रदान गरिएको छ । नगर प्रमुख राईले नेपालको संघीयता अंगिकार गरेको संविधानले आम नेपालीको हकहितको मर्म बोकेको बताउँदै यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न आम जनताको साथ सहयोग आवश्यक पर्ने उल्लेख गरे ।
सो अवसरमा नगर प्रहरीलाई नगरको पहिचानको पोशाक प्रदान गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, भद्रमान विश्वकर्मा, अधिकृत शिव राई सहितको उपस्थिति रहेको थियो । दुई दिन कार्यालयमा दिपावली गरिएको थियो ।