
जनसेवा मावि
१३ असार, कानेपोखरी । मोरङको कानेपोखरी–२ स्थित शिक्षा विकास माविमा सम्पन्न सामुदायिक माध्यामिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा तीन वटा स्कुल छनौट भएका छन् ।
शुक्रबार भएको प्रतियोगितामा जनसेवा मावि प्रथम भएका छन् भने द्धितीय जनकल्याण मावि र तृतीय शिक्षा विकास मावि भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा वडा नं. २ को आर्थिक सहयोग र शिक्षा विकास माविमा आयोजना रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, विशिष्ट अतिथि वडा नं. –२ का वडा अध्यक्ष सुशिल बुढाथोकी लगाएतल पुरस्कार वितरण गरेका थिए ।

जनकल्याण मावि
प्रतियोगितामा प्रथम हुने जनसेवा माध्यमिक विद्यालयका आदर्श सापकोटा, प्रनिल त्रिताल र मीना शेर्पाले प्रमाण पत्र र मेडल पाएका थिए । त्यस्तै प्रतियोगितामा द्धितीय हुने जनकल्याण माविका दुर्गेश कार्की ,आशिष भट्टराई र मेनुका खड्का र प्रतियोगितामा तृतीय हुने शिक्षा बिकास माविका टेनिशा बिष्ट, निकेश कार्की र प्रज्वल अधिकार प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए ।
त्यस्तै श्रीमावि भौसाबारी सान्तावना भएका थिए ।

शिक्षा विकास मावि



