१४ असार, मोरङ । कानेपोखरी गाउँपालिकाले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितमा असार १५ गते २३औँ राष्ट्रिय धान दिवस कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कानेपोखरी–३ स्थित लिला कृषि तथा पशुपालन उद्योगको परिसरमा धान रोपाईँ गरेर २३ औं राष्ट्रिय धान दिवस कार्यक्रम मनाउने भएको हो ।
कार्यक्रममा कोशी प्रदेशका माननीय मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । आधुनिक प्रविधि मेसिनबाट धान रोपाइँ गर्ने र कृषकलाई धान रोप्ने मेसिन पनि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।



