११ असार, कानेपोखरी, मोरङ । कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७७ करोड ९० लाख ९० हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । बुधबार गाउँसभाको २१ औँ अधिवेशनमा उपाध्यक्ष भोला प्रसाद अधिारीद्धारा प्रस्तुत बजेट सभाले सर्वसम्मत पारित गरिएको हो ।
पारित बजेट अनुसार प्रशासनिक खर्चतर्फ ११ करोड २६ लाख, वडा स्तरीय योजनाका लागि ७ करोड ७५ लाख तथा दायित्व भुक्तानीका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा २ करोड, स्वास्थ्यतर्फ ७० लाख, अस्पताल अनुदानमा ७० लाख, कृषि क्षेत्रमा ६० लाख तथा पशु विकासतर्फ ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै संघीय सशर्त अनुदान कार्यक्रमका लागि २२ करोड ४१ लाख, प्रदेश सशर्त कार्यक्रमका लागि १ करोड ३० लाख १० हजार तथा प्रदेश समपूरक अनुदान कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्यतर्फ ७० लाख रुपैयाँ, अस्पताल अनुदानका लागि ७० लाख, कृषि क्षेत्रमा ६० लाख, पशु विकासतर्फ ५० लाख र खेलकुद कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषमा ६० लाख, महिला तथा बालबालिका कार्यक्रमका लागि ५० लाख, भूमिसम्बन्धी व्यवस्थापनका लागि ३० लाख, सिँचाइ कार्यक्रमका लागि ८० लाख, मर्मत सम्भार कोषमा ५० लाख तथा समपूरक कोषमा २ करोड रुपैयाँ राखिएको छ ।
संघीय समपूरक कार्यक्रमका लागि ६५ लाख, संघीय विशेष कार्यक्रमका लागि १ करोड ५० लाख, प्रदेश सशर्त कार्यक्रमका लागि १ करोड ३० लाख १० हजार तथा प्रदेश समपूरक अनुदान कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ऐतिहासिक कानेपोखरी पर्यटन प्रवद्र्धन पूर्वाधार कार्यक्रमका लागि २० लाख रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माणका लागि १७ लाख रुपैयाँ तथा पालिका स्तरीय कवर्ड हल निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा क्षेत्रतर्फ सिंहदेवी माध्यमिक विद्यालयमा विद्यालय बस खरिद तथा व्यवस्थापनका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ भने रमाइलो बहुमुखी क्याम्पसलाई १० लाख रुपैयाँ अनुदान प्रदान गरिने भएको छ ।
सामाजिक सेवाअन्तर्गत शववाहन खरिदका लागि २० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। त्यस्तै रोजगार सीप तथा उद्यमशीलता केन्द्र कार्यक्रमका लागि ११ लाख रुपैयाँ तथा श्रम तथा रोजगार प्रवद्र्धन कार्यक्रमसँग साझेदारीका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रअन्तर्गत शिवशक्ति मन्दिर भवन निर्माण, श्रीकृष्ण प्रणामी मन्दिर भवन निर्माण, मठ–मन्दिर तथा संस्कृतिसम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ । साथै मरिया चिसाङ दोभान शवदाह स्थल निर्माण र कानेपोखरी–७ मा शवदाह स्थल निर्माण का लागि जनही १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ विसाङ बस्ती सडक स्तरोन्नति, टोल ट्रस पुल निर्माण, पैनी निर्माण तथा सरसफाइ योजना लगायतका कार्यक्रम समावेश गरिएका छन् । भलुवा सुखना आवादी पैनी र भलुवा सिमसार सरसफाइ योजनाका लागि समेत १०÷१० लाख रुपैयाँ छुट्याइएको छ ।

पालिकाले वडा नं. २ स्थित सिद्धाटोल–प्रधानटोल सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ तथा चिसाङ–मरिया खोला तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नं. ६ मा लोकबहादुर कार्कीको घरदेखि सीताखोला क्षेत्रमा कल्भर्ट निर्माण तथा सडक स्तरोन्नतिका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ भने वडा नं. ४ मा शान्तिटोल पश्चिम रातेखोलामा कल्भर्ट निर्माण तथा सडक स्तरोन्नतिका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
त्यसैगरी वडा नं. २ मा दलेलीबाट गेडेरिया खोला जाने सडक ढलानका लागि १० लाख रुपैयाँ, वडा नं. ५ मा यादव टोल ड्रेनसहित सडक स्तरोन्नतिका लागि १० लाख रुपैयाँ तथा वडा नं. ६ र ७ जोड्ने सडक स्तरोन्नतिका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रअन्तर्गत स्वास्थ्य चौकी घेराबार, जनता आधारभूत विद्यालय चिसाङलाई अनुदान, तथा जनता आधारभूत विद्यालय बयरवनको परिसरमा ब्लक बिछ्याउने कार्य का लागि बजेट छुट्याइएको छ । सामाजिक तथा सामुदायिक विकासतर्फ महिला जागृति सामुदायिक वन घेराबार, ज्येष्ठ नागरिक सेवा समाज, आदिवासी जनजाति भवन मर्मतसम्भार लगायतका कार्यक्रम हुने भएको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा स्थानीय विकासलाई प्राथमिकतामा राखेको देखिन्छ ।
पूर्वाधार विकासतर्फ ऐतिहासिक कानेपोखरी पर्यटन प्रवद्र्धन, एकीकृत विपद् व्यवस्थापन केन्द्र निर्माण, पालिका स्तरीय कभर्ड हल, विभिन्न सडक स्तरोन्नति, पुल तथा कल्भर्ट निर्माण, मन्दिर तथा सामुदायिक भवन निर्माण, रोजगार तथा उद्यमशीलता कार्यक्रम, निःशुल्क एम्बुलेन्स सेवा, शिक्षा तथा स्वास्थ्य पूर्वाधार विकास लगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासलाई केन्द्रमा राखेर बजेट ल्याएको जनाएको छ ।



