शुक्रबार, असार १२, २०८३

कानेपोखरीमा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई नगदसहित सम्मान

दिनेश सुब्बा

१२ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजाका आधारमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

बिहिबार गाउँपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न विद्यालयका कक्षा ५, ८ र १० को नतिजाको आधार उत्कृष्ट अंक ल्याउने १६ जना विद्यार्थी, १५ जना बिषयगत शिक्षक र तीन वटा विद्यालयलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । पुरस्कृत हुने शिक्षक र विद्यार्थीहरुलाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव र शिक्षा शाखा प्रमुख चुडामणी रेग्मीले पुरस्कार प्रदान गरेका थिए ।

गाउँपालिका स्तरीय प्रथम हुने संस्थागत विद्यालय तर्फ कक्षा १० मा पर्ल एकेडेमी स्कुलबाट ३.८० जिपिए ल्याउने दिपक श्रेष्ठलाई १२ हजार र सामुदायिक विद्याय तर्फ सिंहदेवी माविबाट ३.८० जिपिए दिनिसा राईलाई १२ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै गाउँपालिका स्तरी द्धितीय हुने सामुदायिक तर्फ जनसेवा माविबाट ३.७४ जिपिए ल्याउने सबिता मगरातीलाई १० हजार, माउण्ट हर्मन स्कुलबाट मृष्ण अधिकारीलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै गाउँपालिका स्तरीय तृतीय हुने संस्थागतबाट पिनाकल ज्ञान मन्दिरबाट ३.८३ जिपिए ल्याउने सक्षमराज थापालाई ८ हजार र सामुदायिक तर्फ शिक्षा सदन माविबाट ३.६९ जिपिए ल्याउने नमुना दाहाललाई ८ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै गाउँपालिका स्तरीय प्रथम हुने सामुदायिक विद्यालय तर्फ कक्षा ८ मा जनसेवा माविबाट ३.८८ जिपिए ल्याउने अंकन श्रेष्ठलाई १० हजार र संस्थागत विद्यालय तर्फ कक्षा ८ मा गाउँपालिका प्रथम ३.८८ जिपिए ल्याउने आदर्श सापकोटा १० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै गाउँपालिका स्तरी द्धितीय हुने सामुदायिक तर्फ कक्षा ८ मा जनसेवा माविबाट ३.७२ जिपिए ल्याउने चन्दन यादवलाई ८ हजार र संस्थागत तर्फ कालिस्थान नमुना स्कुलबाट ३.८३ जिपिए ल्याउने महेश कुमार सरदारलाई ८ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै गाउँपालिका स्तरीय तृतीय हुने सामुदायिक विद्यालयबाट सिंहदेवीका यूनिसा बस्नेत, जनसेवा माविका दिकसिका राई र शिक्षा सदन माविका गणेश सोरेन सतारलाई ६हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै कक्षा ५ बाट प्रथम शिक्षा सदनमाविबाट लक्ष्मी न्यौपानेलाई ८ हजार, द्धितीय सिंहदेवी माविबाट सविन फूयललाई ६ हजार र तृतीय सिंहदेवी माविबाट अर्पणा विश्वकर्मालाई ४ हजार नगद सहित पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै सामुदायिक विद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशतको आधारमा कक्षा १० मा जनसेवा माविले ८५.०९ प्रतिशत विद्यार्थी उत्तीण गरेको आधारमा ३० हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै कक्षा ८ मा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने जनता आधारभूतलाई ३० हजार नगद पुरस्कार प्रदान गरिउको छ । त्यस्तै कक्षा ८ मा जनमत सरस्वती आधारभूतलाई ९०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको आधारमा २५ हजार नगदले पुरस्कृत गरेको छ ।

त्यस्तै विषयगत शिक्षकलाई जिपिएको आधारमा नगद १५ हजारले पुरस्कृत गरेको छ । कक्षा कक्षा ५ बाट नेपाली बिषयकी भगवती भण्डारी, अङ्ग्रेजी बिषयकी इशरा हाइफरखवा र इच्छा कोइराला, गणित बिषयका तर्कराज जोशी, विज्ञान तथा प्रविधि बिषयका फडिन्द्र दाहाल, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा बिषयका विनोद कुमार लिम्बु, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला बिषयका इन्द्रकला राई , कम्प्युटर बिषयका हेमन्त बहादुर कार्कीलाई १५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

त्यस्तै कक्षा ८ तर्फ शिक्षकहरु नेपाली बिषयका धर्मराज थापा, अङ्ग्रेजी बिषयका रुद्र कुमार थापा, गणित बिषयका दीपक कुमार दास, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा बिषयका शान्ता कुमारी खड्गम लिम्बु, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा बिषयका टंक बहादुर अधिकारी, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला बिषयका भवानी लिम्बु र कम्प्युटर बिषयका दौलत रिजाललाई १५ हजार नगदले पुरस्कृत गरिएको छ ।

कार्यक्रम सञ्चालन रमेश काफ्लेले गरेका थिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.