सोमवार, असार १५, २०८३

बयरवन बजारको ऐतिहासिक शताब्दी समारोह हुने

१४ असार, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित बयरवन बजार व्यवस्थापन समितिले बजार स्थापना भएको १०० वर्ष पूरा गरेको अवसरमा ‘ऐतिहासिक बयरवन बजार शताब्दी समारोह–२०८३’ आयोजना गर्ने भएको छ ।

भोली असार १५ गते बिहान ८ बजे बयरवन बजारको दुर्गा मन्दिर अगाडि आयोजना गर्ने आयोजक बयरवन बजार व्यवस्थापन सहयोग समितिले जनाएको छ ।

‘शताब्दीक यात्रा, दिगो विकासको नयाँ सुरुआत’ भन्ने मूल नाराका साथ आयोजना हुने समारोहमा बयरवन बजारको इतिहास, सामाजिक तथा आर्थिक योगदानको स्मरण गर्दै भावी विकासको मार्गचित्र प्रस्तुत गरिने भएको छ ।

कार्यक्रममा १० जना बयरवन बजारका ज्येष्ठ इतिहास व्यक्तिलाई सम्मान, बयरवन बजारको ऐतिहासिक झल्को प्रस्तुत गर्ने प्रदर्शनी तथा परम्परागत दही–चिउरा खुवाउने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.