पथरीशनिश्चरे नगरद्धारा अग्रज पत्रकार सम्मान र सञ्चारमाध्यम पुरस्कृत

असार १९, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ‘सूचना तथा सञ्चार कार्यविधि २०७५’ अनुरुप समितिले तय गरेको सूचकका आधारमा चालु आर्थिक वर्ष २०७९÷०८० को ‘संचार मिडिया प्रवद्र्धन कार्यक्रम’ अन्तर्गतको कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार पथरी शनिश्चरे नगरपालिकाको हलमा भएको कार्यक्रममा अग्रज पत्रकार सम्मान, सञ्चारमाध्यम पुरस्कार तथा लेखनवृत्ति वापत रकम प्रदान गरेको छ ।

पथरीशनिश्चरे कार्यक्षेत्र बनाएर २०५७ साल देखी पत्रकारी गर्दै आएका पत्रकार फिपराज बेघा लिम्बुलाई अग्रज पत्रकार सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले बेघालाई नगद २० हजार, मुहारचित्र र सम्मान पत्रले सम्मानित गरिएको थियो ।
बेघा अहिले सेवारो पोष्ट अनलाईनका प्रधान सम्पादक रहेका छन् । उनले मोफसल साप्ताहिक पत्रिका, क्रेजि साप्ताहिक लगाएतमा रहेर काम गरिसकेका हुन ।

सञ्चारमाध्यम पुरस्कार प्रदेश दैनिक पुरस्कृत भएका छन् । पथरी शनिश्चरे नगरक्षेत्रमा ५ बर्ष अघि दर्ता भई संचालनमा आएको हो । प्रदेश दैनिकका संचालक तथा प्रधान सम्पादक भीमराज अधिकारीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले पुरस्कृत गरेका थिए ।

त्यस्तै, नगर क्षेत्र भित्रका विभिन्न संचार माध्यमहरूमा कार्यरत पत्रकार केशव निरौलालाई लेखनवृत्ति बापत रकम प्रदान गरिएको थियो । त्यसैगरी नगरक्षेत्रमा पत्रकारीता गरिरहने भूमिप्रसाद पाठक, विवेक न्यौपाने, छविराज ढकाल, प्रेम केडी भट्टराई र ईश्वर दुलाललाई पनि लेखनवृत्ति सम्बन्धी रकमा प्रदान गरिएको थियो ।

‘लेखन, पुरस्कार तथा सम्मान छनोट समिति’ ले विभिन्न सुचकका आधारमा छनौट गरेका थिए । ‘सूचना तथा सञ्चार कार्यविधि २०७५’ अनुरुप ‘लेखन, पुरस्कार तथा सम्मान छनोट समिति’ मा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ५ सदस्य रहने व्यवस्था रहेको छ । समितिको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, सदस्यहरु उपसचिव तथा नगरको सूचना अधिकारी शालिग्राम काफ्ले, कार्यपालिका सदस्य, मिना तामाङ, पत्रकार महासंघको प्रतिनिधि दिनेश सुब्बा लिम्बु र नगरको सूचना सम्पादक सन्तोष राई रहेका छन् ।

समितिका संयोजक तथा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लेखा शाखाका प्रमुख पिताम्बर वस्ती, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, पथरी शनिश्चरे नगरका प्रवक्ता नविन कार्की, अग्रज पत्रकार अर्जुन जम्नेली राई लगाएत अतिथि रहेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्ति फिपराज बेघा लिम्बु, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, नगर प्रमुख मोहन प्रसाद तुम्बापोले मन्तव्य दिएका थिए । त्यसैगरी समितिका संयोजक तथा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलले आफ्नो भनाई राख्दै कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित खवर