४ औँ पटक काबुलबहादुर मगर हरियाली वनको अध्यक्षमा निर्वाचित

 

भदौ १५, पथरी । मोरङको पथरी शनिश्चरे २, मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुन काबुल बहादुर मगर(विकास) सर्वसम्मत निर्वाचित भएका छन् ।

आगामी ५ बर्षे कार्यकालको लागि वनको १८ औँ बार्षिक चुनावी साधारण सभाले काबुल बहादुर मगरको अध्यक्षमा १५ सदस्य वन उपभोक्ता समितिको चयन भएको हो । काबुल बहादुर मगर हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षपदमा चौथो पटक निर्वाचित भएका हुन ।

त्यसैगरी उपाध्यक्षमा दिलबहादुर तामाङ, सचिवमा सचिव निर्मला चौहान, सहसचिव नारायण अधिकारी, कोषाध्यक्ष जानुका खड्का चौहान निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा इन्दिरा मगर, रमा तामाङ, दुर्गा कुमारी चौहान, भक्तबहादुर गेलाल, हरि बहादुर लामा तितुङ, कमार गुरुङ, आतेजंङ राई, पूर्णकुमारी तामाङ, लिलामाया अधिकारी र शान्ति बराइली सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा संयोजकमा रमेश दाहाल, सदस्यहरुमा चन्द्रबहादुर थापा र उर्मिला देवी ढुङ्गेल निर्वाचित भएका हुन । चुनावी साधरण सभामा उम्मेवारको नाममा कसैले पनि विरुद्धमा उम्मेद्वार नदिएपछि सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष काबुलबहादुर मगरले बताए ।

सम्बन्धित खवर