किसानलाई ४१ वटा स्प्रे ट्याङ्की निशुल्क वितरण

मंसिर २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी –७, नम्बर वडाले वडाका किसानलाई स्प्रे ट्याङ्की निशुल्क वितरण गरेको छ ।

बुधबार वडा नम्बर ७ मा एक कार्यक्रमको आयोजना गरी ४१ वटा समूहलाई स्प्रे ट्याङ्की निशुल्क वितरण गरेको हो । वडा कार्यालयले गरेको सूचना अनुसार परेको सवै निवेदनका किसानहरुलाई स्प्रे ट्याङ्की निशुल्क वितरण गरेको वडाध्यक्ष मोहन प्रसाद अधिकारीले बताए ।

प्रत्येक टोलका १५ जना घरपरिवारको समूह बनाई प्रत्येक समूहलाई १–१ थान स्पे्र ट्याङ्की प्रदान गरेको थियो । कार्यक्रममा पदम कुमारी कार्की गुरुङ र वडाध्यक्ष मोहन प्रसाद अधिकारीले वितरण गरेका थिए ।

 

 

सम्बन्धित खवर